इतिहास के हो !!
को थिए त ति भुईमा लम्पसार परेका राजा हरु ? थोरै समय लिएर पढ्नु होला !।।
नुवाकोटको ककनीमा रुम्बा राजा, पन्चकन्यामा घले राजा, बेतिनीको नाम्सापुरान र गोल्फुमा घ्लान राजा, जिम्नाङमा ल्हो राजा, राउतबेशी नयाँ छेपारमा थिङ राजा, रसुवाको भार्कुमा मेवाङ घले राजा, गोल्जुङ, गत्लाङ, सिम्बन्दी र नुवाकोटको लच्याङमा गोले राजा थिए । ती स्थानहरूमा रहेको तामाङ राजाहरूको दरबारको अवशेष अहिलेसम्म पनि रहेको छ । त्यस बेलाका लच्याङका गोले राजा र बेतिनी गोल्फुका राजा भिरसिंग ग्लानले पृथ्वीनारायण शाहका सेनालाई नराम्रोसँग परास्त गरेका थिए । पछि मित लगाउने र सम्झौता गर्ने बहानामा चौघडामा निःशस्त्र रुपमा रहेका गोले राजाको अमानवीय ढंगले हत्या गर्यो । सन् १७३९ मा गोर्खाका राजा नरभूपाल शाहले पहिलो पटक नुवाकोट आक्रमण गर्दा धादिङ सेम्जोङका तामाङ राजाद्वारा नरभूपाल शाहका विरुद्ध कटुन्जे र सामरीका बीचमा लडाइँ गरेका थिए । उक्त लडाइँका कारण नुवाकोट आक्रमण असफल भयो । पछि सेमजोङका तामाङ वाइवा राजासँग वार्ता र छलफल गर्ने भनी गोर्खाका राजाद्वारा धादिङको यावेङ खोलाको बगरमा बोलायो । चतुर र षड्यन्त्रकारी शाह राजाले वालुवाभित्र हतियार लुकाई बसेका थिए भने तामाङ राजालाई निःशस्त्र उपस्थित गराइएको थियो । त्यसपछि षड्यन्त्रपूर्ण तरिकाले तामाङ राजालाई मारियो । वि.सं. १८१३ देखि १८१९ सम्म काभ्रे तिमाल राज्यका तामाङ राजा ह्रिन्जेन दोर्जेका सेनाहरूले दुई पटकसम्म गोर्खाली फौजलाई नराम्रोसँग परास्त गरेका थिए । वि.सं. १८१९ आश्वीन २ गते शान्ति र मिला-पत्रको सन्धि गर्ने निहुँमा तेमाल बेसीस्थित कोशीको किनारमा निःशस्त्र बोलाई बालुवामा लुकाई राखेको हतियार प्रयोग गरी अमानवीय र षड्यन्त्रपूर्ण ढंगले ह्रिन्जेन दोर्जेको हत्या गरेका थिए ।
तामाङ राजा हरु मध्य ह्रिन्जेनदोर्जेको हत्या सबै भन्दा अन्तिम पटकमा सफल पारेका थिए । दरवार निकै उचाइ डाडामा भएको हुदा आक्रमण गर्न नसके पछि मित लाउने निहुँ पारी तेमालबेसी कोसीको बगरमा बोलाइएको थियो ।राणा हरुको आदेशमा खटिएका पृथ्विनारायन साह का सेना हरु ले बालुवा मुनि तरवार लुकाएर राखेका थिए ! हाम्रो राजा र सेना त्याहा भेला हुन साथ अन्दधुन्द एका एक बालुवा मुनि बाटा हतियार झिकि प्रहार गर्न थालेका थिए । हाम्रो राजा घोडामा थिए छल्दै भाग्ने क्रम मा उहाको पहिले औला काटीएको थियो ।केहि छेणमै टाउको पनि काटेर खोलामा बगाई दिए भिडन्त सके पछि रानी आइन र खोज्दै जादा राजाको खोजि गर्दै जादा पानीको दह माथी राजाको टाउको तैरिदै गरेको अवस्थामा भेटे पछि रानीले पनि त्यही डुबेर आत्मा हत्या गरेकी हुन । जुन औला काटिएको त्यो ठाँउलाई अहिले पनि औलाटार नै भनेर चिनिदो रहेछ । गत बर्ष तिमाल दरवारको भ्रमण निकै पिडादायी थियो नाम मात्रै दरबार जुनठाँउ सल्लाघारी थियो तर दरबारको ऐतिहासीक इटा हरु भने अझै रैछ ति इटा हरु उचाल्दा मेरा हात हरु थररर काम्यो केहि बोल्नै सकिन यो हृदयमा छुरा हाने झै भयो । यसै गरि दशै मान्न नमान्दा किराती राजा र सेना लाई पनि फासी चढाइएको थियो । हाम्रो राजा हरु मारेर बिजयी हासिल गरेको दिनलाई नै शासकले बिजय दशमी भनि मनाउने गरेका हुन । जुन दिन हाम्रो खुसीको दिन हैन सर्बस्व लुटिएको कालो दिन हो ।तलको तस्विर मा हेर ति निधारको रातो टिका हाम्रो राजाको रगत हुन त्यो बेलामा सिन्दुर अबिर जस्ता रङ्ग हरु पाइदैन थियो । बिजयी भएको दिन पृथ्विनारायन साहले हाम्रो राजाको रगत तिन्को सेना लाई निधारमा लगाईदिदै आशिर्वाद दिएका दिन नै दशै हो ।तर यो सबैले बुझ्ने मौका पाएनन् किन की कुनै पनि ईतिहास मा हाम्रो इतिहास लेखेनन् जता ततै राणा र पृथ्वि नारायनले बाइस राज्य र चौबिस राज्यको एकिकरण गरे भन्ने मात्रै लेखियो । त्यही सिक्षा पाएका हामीले दशै हामी सारा नेपालीको हो भनेर नभनोस कसरी ? आफ्नो इतिहास जान्न बाटा बन्चित भए पछि ।... सोच त इतिहास नहुने को नै हुन्छ कुन चै जातिको इतिहास छैन होला र फरक एतिनै हो कसैको लेखियो कसैको लेखिएनन् । जित्नेको लागी हजार ताली हार्नेको आँसु पुज्ने हात भेटिदैन भने जस्तै हो हाम्रो इतिहास ।
एति थाहा पाएर पनि निधारमा रातो टिका पहिरन्छौ भने पुर्खको रगतको मुल्य बिर्शेको दाषी मानसिक्ताले ग्रषिद व्यक्ति हौ तिमी।
१, राई=दशैको टीका थाप्न राणा सासक को आदेश पालना नगर्दा आदिबासी जनजाती [ रामलिङहाङ्ग राई र रिदमा राई ] लाई झुन्डाई हत्या गरेको थियोl
२,लिम्बू=सन 1831 मा गोर्खाका राजा शाहले दशै नमान्ने लिमबुहरुको [ सुब्बाङ्गी] र [ किपट ] खोसने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मान्दै आएका हुन । जोगीको भेषमा लिम्बुहरुको गाऊगाऊमा जासुसहरु पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्नलाई बाध्य बनाएका थिए।
३,नेवार=षड्यन्त्र पुर्वक गोर्खाका राजाले काठमाण्डौ उपत्यका कब्जा गरेता पनि नेवारहरुले गोर्खा राजाको शासन स्विकारेका थिएन्न ।तय्सपछि नेवारहरुलाई गोर्खा राजाको शासन मान्न र स्विकार गर्न बाध्य बनाउन गोर्खा दरबारबाट फूलपाती ल्याएर काठमाण्डौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवारहरुलाई जब्बरजस्ती दशै मनाउन बाध्य बनाएका हुन र यि इतिहासमा पुरै जानकारी लिने हो भने नेवारहरुको पिता पुर्खाहरुको त झन नाक र कान धार्नि को हिसाबमा काटीएका छन।
४,गुरुङ्ग=पुथ्विनारायण शाहको आदेश अनुसार सेनामा काम गर्ने गुरुङ्गहरु उनिहरुका परिवारहरुलाई र गोर्खाका नजिक गाऊको गुरुङहरुलाई दशैमा अनिवार्य पशूबलि दिनु पर्ने र बलि दिए पछि हतकेलामा रगत दलेर ढोकाको अथवा दैलोको दायाँ र बाया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्वत 1826देखि राजेन्द्र बिक्रम शाहले गुरुङ्गहरुलाई लामा पुजारी राखन बन्देज गराएर बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
५,मगर=बिक्रम सम्वत 1616 मा द्रब्यशाहले खडका मगर राजालाई निर्मम हत्या गरि मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मनाउन बाध्य बनाएको इतिहास साझी छ।
0 comments:
Post a Comment