Hamro Tusal.Com

दक्षिणेेस्वोरी युबा क्लबका अध्यक्ष कृष्ण बहादुर तामाङ ज्यु को सभापतित्वमा मध्येबर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत टुसाल छाप उपभोक्त मासिक बचत समूह उतघाट्न गरियो

hamro tusal.com साउन १७ ,बुढानिलकण्ठ  नगरपालिका वडा न ५ दक्षिणेेस्वोरी युबा क्लबका अध्यक्ष कृष्ण बहादुर तामाङ ज्यु को सभापतित्वमा मध्येबर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत टुसाल छाप उपभोक्त मासिक बचत समूह उतघाट्न गरिएको छ। शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जका प्रमुख दिल बहादुर पुन ज्यु प्रमुख अथिती को साथै मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष दावा लामा बु.न.पा ५ का वडा अध्यक्ष बिजय तामाङ ज्यु बिशेष अथिती रहनु भएको यस कार्यक्रममा ने.क.पा बुढानिलकण्ठ नगरकमिटीको अध्यक्ष रबिन अधिकारि ,सचिब प्रदिप ढङ्गोल, सदस्य किरन ठकुरी रहनु भएको थियो। यसका साथै बु.न.पा ५ को वडा सदस्य स्याम कृष्ण ठकुरी,हेप्सिवा तामाङ वडा सदस्य तथा कार्यपालिका सदस्य तारा रोक्का, बद्री दुलाल ,पुर्ब वडा अध्यक्ष ज्ञान् बहादुर तामाङ उपस्थित हुनुहुन्थ्यो। यसै गरि बु.न.पा ५ ने .क.पा पार्टी अध्यक्ष अर्जुन तामाङ ,सचिब नारन दुलाल बु.न.पा ३ ने.क.पा पार्टी अध्यक्ष राजेन्द्र खड्का ,बु.न.पा ४ ने.क.पा पार्टी अध्यक्ष कमला पन्त तथा बु .न.पा नगरकमिटी सदस्य अर्जुन माल्वो उपस्थित हुनुहुन्थ्यो।
दक्षिणेेस्वोरी युबा क्लबका अध्यक्ष तथा मध्येबर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत टुसाल छाप उपभोक्त समितीका अध्यक्ष कृष्ण बहादुर तामाङ ज्यु बाट स्वागत मन्तब्यका साथै मध्यबर्ती क्षेत्र र स्थानिय जन समुदाय बिचको महत्व अपरिहार्य रहेको जानकारी गराउनुका साथै मासिक बचत उपभोक्त समिती अन्तर्गतका मासिक बचत उपयोगिताको बारेमा बिस्तृत जानकारी दिनुभयो।

कोभिड -१९ को महामारीको सतर्कता  सुरक्षा अपनाउन उपस्थित सबैमा दुरि कायम तथा माक्स र स्यानिटाइजिङका साथ ब्यबस्थित गरिएको दक्षिणेेेेेेेस्वोरी युबा क्लब का अध्यक्ष एबम टुसाल उपभोक्त मासिक बचत  समूहका अध्यक्ष जानकारी गराउनु हुन्छ। 
यसै क्रममा बु.न.पा ५ का वडा अध्यक्ष बिजय तामाङ ज्यु बाट  मध्यबर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत टुसाल छाप उपभोक्त  मासिक बचत समुह संचालनको लागि शुभकामना ब्यक्त गर्नु भयो। कार्यक्रमको अन्तमा प्रमुख अथिती शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जका प्रमुख दिल बहादुर पुन ज्युबाट मासिक बचत कर्ताको पासबुक बितरण गर्नु भएको थियो।

About Bazzu