Hamro Tusal.Com

उपभोक्ता समिती कमाइ गर्ने कागजी अस्त्र


Hamro Tusal.Com
कुनै  पनि आयोजना संचालन गर्दा उक्त आयोजनाबाट फाइदा  पाउने   ब्यक्तिहरुको  भेलाबाट    आयोजनाको निर्माणका लागी गठन गरिएको उपभोक्ता समिती हो कि बर्षिकी कमाइ गर्ने अस्त्र अन्योलको अबस्था छ। सन्दर्भ २०७६/७७ को टुसाल ठाडो बाटो निर्माण आयोजना। ढ्ल ब्यबस्थापन योजना ६/७ महिना नबित्दै बाटोको  यस्तो अबस्थामा रहेको छ। बिकास निर्माणको नाममा हिडडुल गर्न मिल्ने पुरनो सिडि बाटो भत्काइयो । योजना सम्पन्न गरिकन ढ्ल ढकछोप गरियो। तर दुर दर्शिता उपभोक्ता  समितिको दैनिकी हिडडुल गर्ने     सिडि  बाटो भत्काइ  अगामी बर्ष योजना थाती राखी नियोजित रुपमा कमाइ गर्ने थालो बनाउनु थियो। बजेट अभाबको कारण देखाउदै यसरी चरम आयोजना दोहन गर्ने अनि आगमी  बर्षको लागि फेरि बजेट चुस्ने काम  बहेक     अरु  केही देखिएन उपभोक्ता समितिको । यसरी आयोजन लापरबाही पुर्ण दोहन गर्न स्वतन्त्र  उपभोक्ता समितीलाई   टुसाल  बासी हरुको खबरदारी पक्कै हुने छ।   दैनिक हिडडुल गर्न असहज हुद हुँदै पनि  मौन छ टुसाल यहि त होला    हाम्रो समृद्धि।  बजेट तह लगाउने   अनि यस्तो बिकास योजना अबधारण के ब्यक्ति बिशेष (उपभोक्ता समिती) हितमा कहिले सम्म केन्द्रित रहने।

आयोजना निर्माण मात्र हैन निर्माण पछि संचालन, ब्यवस्थापन र मर्मत सम्भार गर्ने पनि उपभोक्ता समितिको प्रमुख दायित्व रहन्छ। उपभोक्ता समितिले सम्झौता गरेका आयोजनाहरु कुनै पनि निमार्ण ब्यवसायी, ब्यक्ति वा संस्थालाई नगराई स्वयम् उपभोक्ता समितिले सम्झौता बमोजिम आफै गर्नुपर्ने प्रावधान सहआयोजना निर्माण मात्र हैन निर्माण पछि संचालन, ब्यवस्थापन र मर्मत सम्भार गर्ने पनि उपभोक्ता समितिको प्रमुख दायित्व रहन्छ। उपभोक्ता समितिले सम्झौता गरेका आयोजनाहरु कुनै पनि निमार्ण ब्यवसायी, ब्यक्ति वा संस्थालाई नगराई स्वयम् उपभोक्ता समितिले सम्झौता बमोजिम आफैगर्नुपर्ने प्रावधानसहित नियम बनाएको छ।
अपवादका केहि उपभोक्ता समिति बाहेक अधिकांस उपभोक्ता समिति नियम संगत बनेका छैनन्। स्वार्थमा बनेका अधिकांस उपभोक्ता समितिले योजना सम्झौता गर्ने अनि उक्त योजना आफ्ना नजिकका निर्माण ब्यवसायी अथवा ब्यक्तिलाई जिम्मा लगाउने गर्ने गरेका छन्।

कतिपय ब्यक्तिहरु आफ्नो मान्छेलाई काम दिलाउनकै लागी उपभोक्ता समितिमा बस्न मरिहत्ते गर्छन् भने कतिपय समाजका अगुवा भनाउदा टाठाबाठा नाइकेहरुले आफ्नो वा आफ्नो नजिकका ब्यक्तिको नेतृत्वमा उपभोक्ता समिति गठन गर्ने अनि एकलौटी रुपमा प्राविधिक बोलाई ईष्टिमेट गराई सम्झौता गर्ने, योजना निर्माण ब्यवसायीलाई जिम्मा लगाउने, कागजात तयार गर्ने, पहुँचको आधारमा अनुगमन गराई अन्तिम रकम भुक्तानी लिने पनि गर्छन्।
यति गर्दा समेत उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरुलाई के के काम गर्नुपर्ने? कतिको लागतको योजना हो? कति रकम भुक्तानी भयो? थाहा नै दिदैनन् नकी खर्च सार्वजनिक नै गर्छन्। अझ चाख लाग्दो कुरा त यो छ कि कतिपय उपभोक्ता समितिले निर्माण ब्यवसायीहरु बोलाएर मिनि टेण्डर पनि गरिरहेका छन्।
त्यसैले कोहि उपभोक्ता समिति बस्न त कोहि योजनाको काम पाउनका लागि कोहि रहरले त कोहि बाध्यताले जनप्रतिनिधिहरुको प्रियपात्र बन्न कोसिस गरिरहेका हुन्छन्। आजकाल जनप्रतिनिधिहरुले उपभोक्ता समितिलाई राजनीति गर्ने माध्यम बनाउदै गर्दा उपभोक्ता समिति आसेपासे र नजिकका कार्यकर्ता पाल्ने समिति जस्तै  भैरहेको छ।
योजना सम्झौता गर्ने र उक्त योजनालाई  जिम्मा लगाएर कामको गुणस्तर होस् नहोस् मतलब नगरी योजना सम्झौता देखि सम्पन्न नभए सम्म कागजपत्र मात्र मिलाउने र सम्बन्धित निकायमा धाएर राजनीतिक पहुँचको आधारमा रकम भुक्तानीको लागी मात्र उपभोक्ता समिति सक्रिय हुने र काम सम्पन्न भएपछि मात्र अनुगमन गराउनाले काम नभएको त हैन तर गुणस्तरीय काम भएको छ भन्न सकिन्न। फलस्वरुप यस्तै परिपाटिले गर्दा आयोजना बिकास केन्द्रित नभइ बार्षिक रुपमा कमाइ खाने थालो सिमित उपभोक्ता समितिलाइ भएको देखिन्छ। उपभोक्ता समितिहरुलाई आयोजना सम्पन्न भएपछि पनि उक्त आयोजनाको ब्यवस्थापन र मर्मत गर्नुपर्ने दायित्व सहित समितिको काम, कर्तब्य र अधिकारको बारेमा तालिम दिन अतिआवश्यक देखिन्छ। 
सम्झौता पछि एकैचोटि सम्पन्नमा मात्र अनुगमन गर्ने परिपाटिको अन्त्य गर्दै आवश्यकता अनुसार समय समयमा अनुगमन गर्ने र गुणस्तरीय कामको लागी आयोजनाको मूख्यकाम गर्ने बेला प्राविधिकको उपस्थित अनिवार्य गराउनुपर्छ।
बिकास निर्माणको पैसाले कार्यकर्ता, उपभोक्ता समिती  पाल्ने काम कहिले अन्त हुने हो ।

About Bazzu

0 comments: