Hamro Tusal.Com

हामी तामाङहरुको ऐतिहासिक पृष्ठभूमि र तामसालिङ क्षेत्र (पुरानो क्षेत्र)



केन्द्रीय तामाङ गणराज्यको अवशेष बाह्र गोरस्याङ सेमजोङ ग्याल्साका वाइबा ग्ले, बाह्र लाच्याङ काकानी ग्याल्साका रुम्बा ग्ले, बाह्र तेमाल तेमाल ग्याल्साका दोङ ग्ले।                                                              
ऐतिहासिक पृष्ठभूमि र तामसालिङ क्षेत्र
तामाङ जाति बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालको नेपाल सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजातिहरू मध्ये ठूलो जनसंख्या भएको जाति तामाङ हो। तामाङ जाति नेपालको सबै भन्दा पुरानो आदिवासी जनजाति मध्ये एक होज्ञ। मुख्यतया नेपालमा तामाङ भाषा बोल्ने र बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरूलाई तामाङ भनेर चिनिन्छ। नेपालमा डम्फु, टुङ्ना, मुर्चुङ्गा, विनायो र सेलो(स्यालु) भन्नाले तामाङ जातिलाई बुझाउँछ। अनि आफ्नै घर बुना स्यामा(लुँगी जस्तो फरिया), ग्या(गातो), गाय्.-बरको, ग्याय्.-तोकोरोक, उनी राडी, पाखी स्योल्दो, सुर्काअी(लुकुनी), फेङ्गा (अल्लोको घरबुना गातो लुगा), अनि लोक्ताबाट हाते कागज बनाउने सीप, जङ्गली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का(चित्रकला), मकुन्डो खोप्ने(मास्क), आदि मौलिक पेसाहरू हाम्रो तामाङ राष्ट्रीयताको चिनारी हो। नेपालमा बसोबासको हिसाबले हामी तामाङहरू गणेश हिमाल, लाङटाङ हिमालको उपत्यकाहरू देखीसम्पूर्ण पहाडी क्षेत्रमा फैलिएको हुँदा हिमाली तथा पहाडी भुगोलमा वसोवास गर्ने मुख्य र महत्वपूर्ण जाति हौं। तामाङ शब्द निर्माण बारे विभिन्न मतहरु भए तापनि तामाङ शब्दले नेपाल र एसियाली हिमालय क्षेत्रको प्राचिन र ऐतिहासिक जातिलाई बुझाउँछ ।काठमाण्डौ उपत्यकाको मानव सभ्यताको आरम्भको कुरा गर्नु पर्दा स्वयम्भू पुराण र स्थानीय जन श्रुति अनुसार उपत्यकामा नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको दर्शनार्थ महाचीनको पञ्चशिर्ष पर्वतको थुम्कोमा रहनु भएका महामञ्जुश्रीका निर्वाणकाय(टुल्कु) श्री मञ्जुदेवाचार्य महाचीनबाट नागदह याम्बु(काठमाण्डौ) उपत्यका आउनु भयो। श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने देखी आफ्नो राल्डी(खड्ग)ले दहको किनार काटी पानी सुकाए पछि नागदहले बनाएको मलिलो भूमिमा सबै तिरबाट आएका लोकजनहरूलाई बसोबास गराइ देवपट्टन नामक सहर बसाली आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाएद्द भन्ने ऐतिहासिक लोक आख्यानलाई सार्थकता दिन खोज्ने एउटा पुरातत्वकी अध्ययनको निचोड यस्तो छ। सन १९७८ मा नेपाल रसिया सांस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्व विद्यालयका प्राग-ऐतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लभ सेटेन्कोले काठमाण्डौको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबी खोलाका किनारमा एउटा अध्ययन गरेको थियो। यस अध्ययनले प्राचीन पाषाण युग (उत्तरकाल ईशा पूर्व ३०,००० वर्ष)का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको पाषाण उपकरण प्राप्त भएको तथ्य सार्वजनिक गरेका थिए। यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई अनुसन्धाकर्ता डा.सेटेन्कोले आफ्नो अध्ययनको निचोडमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरु भएर सुदूर पूर्व एसिया (पेकिङ)हुँदै याम्बु(काठमाण्डौ)उपत्यकामा आइ पुगेको अनुमान लगाएका थिए। पेकिङ मानवको आकृतिसँग मिल्ने मंगोलायड जाति तिब्बत र हिमालय हुँदै काठमाण्डौ उपत्यका आइ पुगेको कुरा निष्कर्ष निकालेका थिएघ। एसियाकै जेठो मानव विकास चिनको पेकिङमा भेटिएको मानव आकृति आजको काठमाण्डौ उपत्यकाको वरिपरि बसोबास गर्ने तामाङ जाति मंगोल जातिसँगमिल्ने हुँदा महाचीनबाट आउनु भएका महामन्जुश्री (फाबा ज्याम्पेयाङ)ले उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको भन्ने ऐतिहासिक जन-आख्यानलाई पुष्टि गर्ने प्रयास गरेको छ। त्यसैगरी आफूलाई ज्याम्पालयाङ(महामञ्जुश्री) कै सन्तानको रूपमा दाबी गर्ने तामाङ जाति जसको आज पनि काठमाण्डौ उपत्यका भित्र र वरिपरि याम्बु, सैंबु, मुर्मी, मुल्मी, सँयजु(सैंजु), सँय् आदि उल्लेखित तामाङ जातिसँगसम्बन्धित थुप्रै ऐतिहासिक अभिलेखहरूलाई केलाई खोज्ने हो भने लिच्छवि काल देखी मध्य काल सम्म कै पाइन्छ। उपत्यकाको तामाङहरू नै मंगोल मूलका सबै भन्दा पुरानो मानव समुदाय हुन भन्ने कुरा विद्वान् मानव तथा समाज शास्त्री स्व.जनकलाल शर्माले पनि पटक पटक उल्लेख गर्नु भएको छ। जसको धर्म, भाषा, संस्कृति, वेषभूषा, रूपरंग आदी चिनिया मंगोल-मूलका सँग हुबहु मिल्छ। यही ऐतिहासिक तथ्यले तामाङ जाति नेपाल कै सबै भन्दा पुरानो मानव वंश हो भन्ने प्रमाणित गर्छ।त्यति मात्र होइन, तामाङ जातिको महान् चाड नयाँ वर्ष ल्होछार उत्सवले पनि तामाङ जाति पुरानो हो भन्ने प्रमाणित गर्छ किन भने काठमाण्डौ उपत्यकामा प्रागैतिहासिक काल देखी रहि आएको स्वयम्भू महाचैत्यको पूर्व अभिमुखमा सुप्रतिष्ठित अक्षोभ्य बुद्धको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कित तत्वीय खगोलशास्त्रका १२ जीव जन्तुको चक्र (ल्होकोर च्युङनी) रहेका छट। यो प्राचीन चिनियाँ तत्वीय खगोलशास्त्रका प्राचीन संकेत चिन्हहरूले नेपालमा आलेखन प्रणाली आउनु अगाडी नै यो चित्रलिपि प्रणालीय खगोलशास्त्रको प्रयोग भएको पुष्टि गर्दछ। अझ यसले नेपालमा यो परम्परा प्राग-ऐतिहासिक काल देखी नै थियो भन्ने पुष्टि गर्दछ। नेपालमा यो चिनियाँ खगोल शास्त्र अनुसारको नयाँ वर्ष उत्सव (ल्होछार)तामाङ जतिले मात्र आज पनि चिनियाँहरूले मनाउने दिनमा नै मनाउने गरि आएका छन् अर्थात् चिनियाँ र तामाङ ल्होछार पद्धती एउटै हो। नेपालको यो तत्वीय खगोल तथा ज्योतिषशास्त्रको प्रयोग कहिले देखि आरम्भ भयो भन्न कठीन भए तापनि चीनमा यो परम्परा आज भन्दा पाँच हजार वर्ष अघि देखी अर्थात् चिनको सिया राज्यकालमाठ (२१००-१६०० ई. पू.) प्रचलनमा आएको हो र तत्वीय ज्योतिष तथा खगोल शास्त्र परम्परा आजसम्म पनि त्यही रुपमा चलिरहेको छ। त्यसकारण तामाङ जातिको महान् चाड ल्होछार नयाँ वर्ष उत्सवमा मात्र सीमित छैन यो उत्सव तामाङ जाति र ताम्सालीङ भूमिको प्राचीनतालाई पुष्टि गर्ने एउटा प्राचीन सांस्कृतिक आधार समेत भएको छ।यसको साथै संसार मै चलिरहेको राष्टि्रय मुक्ति आन्दोलन भन्दा नेपालका हामी तामाङ लगायत आदिवासी जनजातिहरुको राष्टि्रय मुक्ति आन्दोलनले पनि पृथक रहन सकेन जसको फलस्वरुप तामाङ जातिको तामाङ राष्ट्रको राष्टि्रय मुक्ति आन्दोलन चलि रहेको छ। यो तामाङ जातिको राष्ट्रिय मुक्ति आन्दोलनले तामाङ जातिको अर्थात् राष्ट्रको छुट्टो संघिय ताम्साली गणराज्यको पहिचानलाई राजनीतिक मान्यता समेत स्थापित गर्न थोरै सफलता तर्फ उन्मुख भइ सकेको छ।यही सन्दर्भमा तामाङ राष्ट्रको ऐतिहासिक र प्राचिन गणराज्यको उत्खनन अध्ययनले ताम्सालीङ भित्र तीन प्राचिन संघिय तामाङ गणराज्यहरु रहेको तथ्य पुष्टि हुन आएको छ। तामाङ जातिको केन्द्रीय संघिय गणतन्त्रात्मक राज्य भएको कुरामा भने कुनै सन्देह छैन। यस विषयमा अझ विस्तृत र व्यापक रुपमा गहिराइ सम्म पुग्न थुप्रै अध्ययन अनुसन्धानहरु हुन जरुरी छ। तामाङ जाति वा राष्ट्रको प्राचीनता र संघियतालाई बुझ्न र बुझाउन यहाँ यस लघु-अध्ययनमा थोरै प्रयास गरेको छु।बोद संघियताको पर्याय नै महान एवं विशाल संघिय तामाङ जाति(राष्ट्र) र जातीयता(राष्ट्रीयता) होःतामाङ शब्द प्रयोगका दृष्टिले मुख्यतया नेपालको राजधानी वरिपरिको र उपत्यकामा प्रथम आवाद गर्ने मंगोल मूलको मानव जाति वा समुदायलाई बुझाउन प्रयोग भइ आएको छ। तामाङ शब्दको प्रयोग विदेशी विद्वान् म्याक्डोनाल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो"। त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका "से मोन शेरिब अधिराज्य"का तामाङहरूलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगाएको भन्ने वृतान्तड उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाई राष्ट्रको रूपमा र जाति (राष्ट्र)वाचक संज्ञाको सूचकको रूपमा ७०० वर्ष अघि देखी प्रयोग भएको तथ्यको उजागर भएको छ। किन भने एउटा राज्य वा राष्ट्र वा मुलुकलाई डर अर्को राज्यबाटै हुन्छ। त्यो कुरा यहाँ झल्किन्छ। तसर्थ यो नै नेपालमा भेटिएको तामाङ राष्ट्र(जाति)लाई बुझाउन तामाङ शब्दको प्रयोग भएको एकमात्र सबैभन्दा पुरानो अभिलेख हो। भने यो क्षेत्रलाई माथ्लो मुस्ताङ भोटको रूपमा चिनिन्छ। यही क्षेत्र तिब्बतमा सबै भन्दा पहिले बौद्ध धर्म फैलिनुमा महत्व राख्ने अुअीसाम्य(सामय्) गोन्पा बन्नु पहिले बनेको भन्ने विश्वास गरिएको लोगेकर(लोग्यागार) गोन्पा छ। अनि यही क्षेत्रमा नेपालकै साबै भन्दा पुरानो मानव वस्तीको पुरातात्वीक अवशेष भेटिएको छ। तामाङ जातिको लिखित वंशावलीमा यो क्षेत्रलाई तामाङ जातिको उदगमम स्थलको रुपमा उल्लेख गरिएको छ र उत्तरी बौद्ध सम्प्रदाय सबै भन्दा पुरानो मत ङीङमा सम्प्रदायका अनुयायी सबैभन्दा पुरानो(३० हजार वर्ष अघिको मानव समुदाय) र धरै जनसंख्या भएको आदिवासी समुदाय पनि तामाङ नै हुनुले पनि त्यो क्षेत्र तामाङ जातिको बाब्सा उदगम स्थल हो भन्ने कुराको पुष्टि हुन्छ।तामाङ वंशावली अनुसार हुम्ला, जुम्ला भन्दा माथिका चीनको तिब्बतको दक्षिण पश्चिमको मानवसरोवर भन्दा मुनितिरको उरवर प्रदेशलाई "स्याङस्युङ" युल भनिन्छढ। हाल यो चिनको दक्षिण पश्चिम तिब्बतमा अर्थात् माथिल्लो मुस्ताङको उत्तर पश्चिम तर्फ पर्छ। तामाङ वंशावलीमा तामाङ जातिको "स्याङबो" थरको "बाब्सा" उद्गम स्थल "स्याङस्युङ" हो अर्थात् "स्याङस्युङ युलरी स्याङबो बाब195134 तथा नेपालका हालको मुगु जिल्लाको कर्मारोङ क्षेत्र जहाय्.त्र् अझै आफूलाई तामाङ भनेर चिनाउनेहरु छन् वंशावलीमा "मुगु ग्याल्सारी मोक्तान बाब" अर्थात् मुगु राज्य मोक्तानको उद्गम स्थल हो भनेर वर्णन गरिएको पाईन्छ।यही क्षेत्र आसपास "स्याङस्हुङ युल्टी स्याङबो बाब", "मुगु ग्याल्साटी मोक्तान बाब", र "पुराङ च्यात्टी पाख्रीन बाब" (हालको मुक्तिनाथ क्षेत्र) तामाङ वंशावली अनुसार प्राचीन तामाङ "बाब्सा" अर्थात् वासस्थान "पुराङ" होज्ञण्। मुक्तिनाथ क्षेत्रको नाम मुक्तिनाथसँगनजोडिदा ताका पुराङ कै अधीनस्थ क्षेत्र थियो र आज पनि स्थानिय भाषामा यस क्षेत्रको स्थान नाम "पुराङ" नै भनेर भनिन्छ। पुराङ तामाङ वंशावली अनुसार तामाङ जातिको उद्गम स्थल हो। आजसम्म मुक्तिनाथ देखी मुनीतिरका बासिन्दा जो मातृभाषामा आफ्नो जातिलाई बुझाउन "तमङ" शब्दको प्रयोग गर्ने थकालीहरूको मूल थलो कागबेनी, ठीङी, जोमसोम, मार्फा आदि स्थानहरू रहेका छन्। त्यस्तै थकालीहरू माझ आफ्नो जातीय चिनारी दिय्.त्र्दा थकाली भित्र पनि लालचन, भट्टचन, सेरचन, गौचन भनेर चिनाउन नचाहने र आफूलाई आफ्नो भाषामा चिनाउनु पर्दा "तमङ195134 भनेर चिनाउनु मै गर्व गर्नेहरू आजपनि जोमसोम, ठीनी लगायत गाउय्.त्र्हरुमा पाइन्छन्। त्यसो मात्र होइन आजका ताम्सालीङ भुगोलका ऐतिहासिक संघिय गणराज्यको अभ्यास आजसम्म ज्युय्.त्र्का त्युय्.त्र् यही थाकखोलामा मात्र ३ गाउले, १२ गाउय्.त्र्लेको रुपमा अर्थात् अनेत्र १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ जस्तै प्राचीन विशाल बोद संघियता भित्रको गणराज्यहरुको अवशेषको स्वरुप पाइन्छ।त्यसैगरी गुरुङ समुदायमा आज भोलि गुरुङ भ195140ुमा भन्दा बेसी तमु भ195140ुमा गर्व गर्दछन्। हुम्लाका लामाहरू पनि पहिले हुम्ली तामाङ भनेर चिनाउने गर्दथ्यो, मुगु कार्मारोङ क्षेत्रकाहरुको पाय्.त्र्च पुस्तासम्मका लखोटमा आफ्नो जातिगत वंशकारुपमा तामाङ लेख्न गरेको अभिलेख पाइन्छ। उनीहरुले पनि अजभोलि आफ्नो छुट्टो पहिचानको खोजिमा "लामा" भन्नुमा गौरव गर्न थालेका छन्। तापनि नेपालको राजधानीलाई नेपालको सिमानाको उत्तर हिमाल, दक्षिणमा चुरे, तराइ या पूर्वय्.-पश्चिम चारैतिर घेरेर घना बसोवास रहेको तामाङ जाति जसलाई यहाय्.त्र्का सामन्ती शासकहरुले भोटे, लामाभोटे, घलेभोटे, घले, लामा भनेर विदेसी या फरक राष्ट्रको अर्थमा हेयभावले सम्बोधन गर्ने गरेको थियो आज पनि छ। यही कुरा हाम्रो आधारभूत राष्टि्रय पहिचानका आधार भएको छ। यहाय्.त्र् सामन्ती सत्ताधारीबाट भोटेको संज्ञा पाएका हामीहरुको भाषा, संस्कृति र भेषभुषा एकरुपता र समता पाइन्छ।हाम्रो प्राचीन पहिरन मुख्य रुपमा उनबाट बुनेको बनेको हुन्थ्यो। जसमा आजभोलीको भाषामा स्योल्दो(छ्युपा), वख्खु, आङदुङ, पाङदेन, कीटी आदि मुख्य मौलिक पहिरन सम्पूर्ण बोद (भोट) क्षेत्रमा भेटिन्छ। त्यो हुम्लाका हुम्ली या मुगुका मुगाली होस् अथवा मनाङका मनाङगे, रसुवा, सिन्धपाल्चोकका तामाङ, सोलुका स्यार्पा, संखुवासभाका सिङसा, ताप्लेजुङ ओलाङचुङ गोलाका तोप्गेगोला सबैको एउटै हो। त्यस्तै मुगुका कार्मारोङबाहरुको या हुम्ली तामाङको भाषा आज पनि नुवाकोट, रसुवा, धादिङका तामाङ जातीको विभि195140 परम्परागत सांस्कृतिक अवसरहरूमा नाच्ने स्याब्रु नृत्य शैली र गाउने "बोमसाङ" गीत अर्थात् लु को भाषासँगठ्याक्कै मिल्छ। कतिपय गित त उस्तै पनि हुन्छ। यसो हुनाको मुख्य कारक तत्व बोद केन्द्रकृत संघियता नै हो। त्यसकारण हामीलाई बोद अर्थात् भोट राष्ट्र र राष्टि्रयताका नेपाली भएकाले नै भोटको भोटे भनेर हेय् रुपको सम्बोधन मुख्य गरेर सामन्ती खस राष्ट्रवादीहरुले गर्नेे गरेको हो।तसर्थ तामाङ, तमङ र तमु भनेको मनदेखिका भावनात्मक रूपमा गौरव पूर्ण मौलिक अभिव्यक्ति सहितको एउटै जाति वा राष्ट्रको पहिचान हो। १८औं शताब्दी अघिसम्म तामाङ भनेपछि हालको चिनिया तिब्बतको अधिनस्त क्षेत्र वाहेकका सबै बोद वा जडान हिमालयश्रृंखलामा बसोबास गर्नेहरु बोद अर्थात् भोट राष्ट्र वा जातिको नै हुन्। जब देखी भोट राष्ट्रको संघात्मक स्वराज्यहरू खसअधिनायकत्वको मुठ्ठीमा परे तब देखीका जडान हिमालयश्रृंखलाका सबै जाति वा राष्ट्रहरुलाई लामा, लामाभोटे भनि हेयको भावनाले सम्बोधन गर्ने गरेको हो। यसरी सम्बोधन गरेबाट बोद(भोट) भन्नुले छुट्टो गणराज्यका (भारती, अमेरीकी भने झै) हो भन्ने कुरोको पुष्टि हुन्छ। एकै चोटी बोद राष्ट्रवादको नामनिसान मेट्न कठीन भएकै कारण गोर्खा राज्यका उदय र अवसान पछि पनि तामाङ जातिलाईे भोटे, लामा, लामा भोटे, घले, घले भोटे, आदि संज्ञा दिएर छुट्टो राष्ट्र र राष्टि्रयता व्यवहार गरेको छ। त्यसैले तामाङ जाति लार्के, मुस्ताङ, दोल्बो, मुगु लगायत माथिल्लो बोद (भोट) क्षेत्रका आदिम बासिन्दा हुन्।तापनि आजका तामाङहरूले त्यस ताका आफूलाई "हामी बाह्र तामाङ" भ195140ुमा नै बढी गर्व गर्ने गर्दथ्यो। तापनि आफ्नो संघिय गणराज्य जाति वा राष्ट्रकै रुपमा "बाह्र तामाङ"(३ गाउले, १२ गाउँले अर्थात् १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ)भन्ने संघियताको अवशेष अद्यावधि पाइन्छ। जहाँ प्राचीन संघात्मक समाजिक व्यवस्था थियो। जसको प्राचीन अवशेष तामाङ जातिमा छ।हामी तामाङ नै होऔं भन्ने दावी जहानीया तानाशाही राणा शासन कालमा पनि तत्कालीन ब्रिटिस सरकारका ठूला कमान्डरको अङ्गरक्षक तथा सेवक तामाङ सरदार बहादुर जंगवीर तामाङले आफूहरू पहिलेदेखि नै तामाङ भनेर चिनिने कुरा "हामी बाह्र तामाङ" भन्ने दाबीका साथ बाह्र तामाङलाई लामाभोटे नभनी आफ्नो थर लेख्दा तामाङ नै लेख्न पाउय्.त्र् भनि तत्कालीन नेपाल सरकारलाई निवेदन लेखेका थिए। उनको यो निवेदनको सुनुवाइ स्वरूप वि.स.सम्वत् १९८९ भाद्र ६ का दिन तामाङलाई "लामाभोटे" नभनि "तामाङ" नै भनी बोलाउनु र लेख्न लगाउनु भन्ने लिखित आदेश समेत भए ।बहादुर जंगबीरले "हामी बाह्र तामाङलाई" भनी दाबी गर्नुले शासकहरूले "लामाभोटे" भनेर संबोधन गर्ने गरे तापनि आफू भित्र पहिलेदेखि नै जाति वाचक नाम "तामाङ" राष्ट्र र राष्ट्रीयताको पहिचान थियो भन्ने कुराको यस तथ्यले पुष्टि गर्छ। तामाङ शब्दले ठूलो जनसंख्या भएको अर्थात् एउटै भाषा, धर्म, संस्कृति भएको जनसमुदाय भन्ने बुझाउँछ। तामाङ जातिको ता ले महान, ठूलो, वृहत्, विशाल आदि अर्थ बुझाउँछ भने "माङ" शब्दले पनि धैरै संख्या भएको जनसमुदाय भन्ने अर्थ बुझाउँछ त्यसकारण तामाङ शब्दले केन्द्रकृत संघिय विशाल र महान गणराज्य अर्थात् विशाल तामाङ राष्ट्र र राष्ट्रीयताको पनि संकेत गर्दछ। यही बोद(भोट) जाति वा राष्ट्रको अर्को पर्याय विशाल, महान संघ र बृहत्तर जनसंख्या भएको राष्ट्र(जाति)को ऐतिहासिकता र महत्वलाई नबुझ्ने र जाना-जान तामाङ जातिको ऐतिहासिक तथा प्राचीनताको अस्तीत्व नस्विकार्ने र तामाङ जातिको महानतालाई होच्याउने नियतिले कोहीकोहीले तमकबाट तामाङ भए भन्ने संकोचित र कल्पित अर्थमा तामाङ शब्दलाई अर्थ्याउने गरेको पनि पाइन्छ।तामाङ वंशावलीमा तिब्बतीलाई बुझाउन "बोद" वा "बोअी", चीनलाई "ग्यामी" वा ग्यानाक, भारतलाई "ग्याकार", पाकिस्तानलाई "सहोरलीङ, अुरगेनलीङ", बर्मालाई "कामारलीङ", लङ्कालाई "बेतालीङ" भनिन्छ। बरु खसभाषि सामन्तहरुले आधिपत्य कायम गरेपछिको गोर्खा राज्यको तथाकथित एकीकरणको नाममा औपनिवेशिक विस्तार, सांस्कृतिक दमन, उपेक्षा र हस्तक्षेप पछि स्थापित गरेको गोर्खाराज्यको गोर्खाभाषा उर्फ खसनेपाली भाषामा तिब्बत र तिब्बतीलाई बुझाउने "भोट" शब्दको निर्माण तामाङभाषाको बोत(बोद) शब्दबाट भएको हो। अर्थात् भोट भन्ने शब्द तामाङ भाषाको बोद वा बोत शब्दबाट व्युत्पत्ति भएर बनेको हो। त्यसैले तामाङहरू आजका तिब्बती भूमिका तिब्बती होइन। तिब्बतीलाई बुझाउन तामाङ भाषामा बोद, बोअी तथा बोदकी म्ही वा बोअीम्ही र बोत्पा वा बोअीपा आदि शब्दहरुको प्रयोग गरिन्छ। यीनै तथ्यहरूले जुन बेला देखी उपरोक्त देश वा राज्यहरू अस्तित्वमा आए त्यतिखेर देखि नै तामाङहरूको स्वराज्य गणराज्य जनपदहरूको रूपमा "ताम्सालीङ" भूगोलमा थियो जसलाई खसहरुले एउटै मानव सभ्याताका वा नश्लका भएकै कारण हामीलाई उनीहरुले हालको चीनीया तिब्बतीको रुपमा व्यवहार गरेको पाइन्छ। जसले वास्तव मै हामी पहिले छुट्टो राष्ट्र र राष्ट्रियता बोकेको गणराज्यका बासिन्दा हौं भन्ने कुराको सोझै पुष्टि हुन्छ।जबकी तिब्बतलाई बुझाउने तामाङ भाषाको शब्द बोद लाई नै तिब्बतीहरु बोअी भनेर उच्चारण गर्दछन् भने तामाङ भाषामा बोद नै उच्चारण गरिन्छ। यसले पनि तिब्बतीको तुलनामा तामाङ भाषा पुरानो भएको संकेत गर्दछ। अर्को कुरा तामाङभाषाको तोर्पो बोद बाट तोर्बोद अर्थात् माथिल्लो भोट अर्थमा प्रयोग हुने शब्दको उच्चारण तथा व्युत्पत्तिबाट तोबात, तुबात हुँदै तिबात बाट हालको तिब्बत शब्दको निर्माण भएको पाइन्छ। आज पनि नेपालमा लार्के, माथ्लो मुस्ताङ, माथ्लो दोल्बु (तामाङ वंशावली अनुसार वर्णनमा उल्लेख स्याङस्युङ, मुगु ग्याल्सा, पुराङक आदि) क्षेत्रलाई माथ्लो भोट क्षेत्र भनेर स्थानियस्तरमा भनिन्छ। यसले के सिद्ध गर्दछ भने बोद(बोअी) वा तिब्बती बुझाउने शब्द यथार्थमा प्राचीन होस या आजको तामाङ भाषामा आफ्नै एउटै भूक्षेत्रको तल्लो वा माथ्लो भुभाग भन्ने अर्थ बुझाउने शब्द भएकाले नेपालको भुगोल भित्रको तल्लो मार्पा, रोङपा बोद या माथ्लो भोट तोर्पा तोयपा बोद(भोट) यो क्षेत्र नै प्राचीन ताम्सालीङको भूभाग हो।विशाल र ठूलो समुदायलाई जनाउने "तामाङ" शब्द स्वयंले तामाङ राष्ट्रको महान तथा विशाल ऐतिहासिक भाषिक, सांस्कृतिक एकरुपतामा संघिय अनेकता र ऐतिहासिक जाति अर्थात् राष्ट्र र राष्ट्रीयताको रुपमा बुझाउने भएकाले बोद(भोट) प्राचीन संघिय जनपदीय संरचना भित्रको एक बृहत्तर गण तामाङ जाति र जातीयता वा तामाङ राष्ट्र र राष्ट्रियता हो। जो आजको ताम्सालीङमा सिमित भएको छ।ताम्सालीङ भूगोल र संघिय ताम्सालीङ गणराज्यको पुष्ट्याइःताम्सालीङ भन्नाले तामाङ जाति वा राष्ट्रीयताको समग्र भूगोललाई बुझाउँछ। यहाँ राष्ट्र वा जाति बुझाउने "तामाङ" शब्द र "लीङ" अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टो भू-क्षेत्र वा प्रदेश वा महाद्विप र उपमहाद्विप वा महादेशलाई बुझाउन प्रयोग भइ आएको प्राचीन शब्द हो। यो तामाङ राष्ट्र वा जाति वाचक शब्द "तामाङ", मातृभूमि बुझाउने शब्द "सा" र विशाल भूगोललाई जनाउने शब्द "लीङ" यी तीन तामाङभाषाका शब्दहरुका बीचमा भाषाविज्ञानका ध्वनी परिवर्तन सम्वन्धि सिद्धान्त अनुसार तथा सन्धिका सिद्धान्त अनुसार सन्धि भइ (तामाङंसांलीङ. ताम्सालीङ) ताम्सालीङ शब्द बनेको हो।त्यस कारण तामाङ भाषामा ताम्बा मौखिक कथ्य परम्पराको इतिहाको वर्णनमा पनि प्राचीन जम्बुद्विपलाई जाम्बुलीङ, मध्येपूर्वलाई उरगेनलीङ तथा सहोरलीङ, मंगोलीया आसपास भूक्षेत्रलाई समदेनलीङ आदि लीङ प्रत्यय वा सर्ग जोडेर ठूलो भू-क्षेत्र वा भूगोललाई बुझाउने शब्दको रूपमा प्रयोग भएको पाइन्छ। कसैकसैले ताम्बासालीङ भनेर भनिय पनि "ताम्बा"(ताम पान्तीबा, ताम पाङबा-कथ्य बाट व्युत्पत्ति भइ बनेको शब्द) शब्द तामाङको प्राचीन उदगम स्थल तथा वर्तमान ताम्सालीङकै सबै तामाङ भुभाग र समुदायमा परिचित र प्रचलनमा छैन। तर विशाल भूक्षेत्र बुझाउन भने लीङ प्रत्ययको प्रयोग सबै तिर भइ रहेको पाइन्छ। त्यसकारण विशाल तामाङ भूगोल तथा प्राचीन संघिय तामाङ गणराज्यलाई बुझाउने शब्द "ताम्सालीङ" भाषावैज्ञानिक दृष्टीकोण र तामाङ जातिको प्राचीन मौलिक इतिहासको अध्ययनले पनि तामाङ जातिको ऐतिहासिक भुगोलको पहिचान बुझाउने शब्द हो भन्ने पुष्टी गर्दछ।तामाङ जातिको केन्द्रकृत राज्यको बारेमा स्पष्ठ तथ्य फेला नपरे पनि हामी आदिवासी जनजातिहरुको सबैको छुट्टा छ्ट्टै संघिय गणराज्यहरुको अवशेषका रुपमा भने अझै विभिन्न स्वरुपमा भेटिन्छ । जसमा संयुक्त गाउँ( बाह्र तेमाल, बाह्र गोरस्याङ, बाह्र मगरात, दस लिम्बुवान) वा सभाहरु थुप्रै पाइन्छ। तराइका दनुवार, थारु लगायतमा पाइने "सौराठ" जातीय संघिय सभा हो। यसको निरनतरता "थरूहट" त्यस्तै तामाङहरुको "बाह्र तामाङ", लिम्बूको "दश लिम्बूवान", मगरको "बाह्र तथा अठ्ठार मगरात", मुस्ताङे थकालीको "बाह्र गाउँले" आदि नेपालका जाति जनजातिहरुको प्राचीन संघिय गणराज्यका अवशेषहरु हुन। यही अवधारणाका आधारमा तामाङ जातिको बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि संघिय केन्द्रीय गणराज्यहरुका अवशेष नै हुन भन्न सकिन्छ। यी नै बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि प्राचीन गणराज्य नै आजका तामाङ राष्ट्र, राष्ट्रीयता(जाति र जातीयता)को भूभाग अर्थात ताम्सालीङ हो । नेपालमा आजको नयाँ परिवेसमा यहाँका तामाङ जातिले चाहेको स्वयत्त भूमि अर्थात् ताम्सालीङ स्वायत्त गणराज्य भनेकै यही ताम्सालीङ हो।यहाँ ताम्सालीङ राज्य भन्नाले नेपाल भन्दा छुट्टो तामाङ मुलुक भन्न खोजेको होइन। बहुजातिय बहुराष्ट्रिय नेपाल राज्यमा २४० वर्ष देखि सत्तासीन जातिको एकभाषी, एकधर्मालम्बीको मात्र सर्वसत्तवादी हावीको कारण उपेक्षा र उत्पीडनबाट मुक्त हुने क्रममा भर्खर बन्न लागेको संघीय नयाँ नेपालको राज्यपुनःसंरचनाको अपयिरहार्यता आवश्यकतालाई आत्मसाथ गर्दै नेपालको भुगोल भित्र ऐतिहासिक रुपमा आफ्नो एउटा छुट्टो पहिचान र गौरव बोकेको गणराज्यका अवशेष र विशेषताहरुको समग्र अस्तीत्वलाई जिनतीन बाचइ आएका तामाङ राष्ट्र(जाति)को भुगोल ताम्सालीङको कुरो मात्र गरिएको हो।नयाँ नेपालको नेपाली राष्ट्र र राष्ट्रीयताको पहिचान भनेको क्षेत्री बाहुनको अर्थात् खस-जातिको खस राष्ट्र र खस-अहंकारी राष्ट्रवाद, खसभाषा र खस-संस्कृति मात्र होइन नेपालका भूमी पुत्रहरू आदिवासी जनजाति लगायत नेपालको भुगोल भित्रको सम्पूर्ण राष्ट्र(जाति) र राष्ट्रियताको पनि हो नेपाल।तसर्थ तामाङ, गुरुङ, मगर, राइ, लिम्बू, नेवार, मैथिल, भोजपुरा, अवध, थारु, धिमाल, कोचे, मेचे, होलुङ, तोप्केगोला, सेर्पा आदि आदिवासी जनजातिको भाषा, धर्म, सस्कृति नेपाल कै नेपाली राष्ट्रीयता र पहिचान हो। तर नेपाल गणतन्त्र मुलुक घोषणा भएतापनि यहाँ खसराष्ट्रको (जातिको) भाषा, धर्म, संस्कृतिले वाहेक नेपालमा अरू राष्ट्र(जाति)ले समान व्यवहार प्राप्त भएको छैन । त्यस्तै मध्ये एक उपेक्षा र दमनमा परि राखेको तामाङ राष्ट्र र राष्ट्रियता नेपालमा छुट्टो मौलिक पहिचान बोकीराखेको अहिलेका अधिकांस राजनीतिक दलहरूको मानस पटलमा नकोरिएको वा जानाजान उपेक्षामा पारिएको एउटा भुक्षेत्र ताम्सालीङ हो जसलाई संघिय नेपालको एउटा गणराज्य बनाइनु पर्छ।संघिय ताम्सालीङ गणराज्यका अवशेष तथा रुम्बा, अुअीबा(वाअीबा) र दोङ थरका तामाङ गणराज्य प्रमुख:ताम्सालीङ भुगोल भित्र अझै प्राचीन तामाङ संघिय गणराज्यका थोरै अवशेषहरु रहेको कुरा माथि नै पुष्टि भइ सकेको छ। जुन कुरा तामाङ जातिको वंशावलीमा उल्लेख भएको पाइन्छ। तामाङको छुट्टो गणराज्यहरु नहुँदो हो त, तामाङ वंशावलीहरूमा तामाङ भाषामा छिमेकका गणराज्यहरूको नाम तथा तीनको वर्णनहरु, वृतान्तहरु पनि नहुनू पर्ने हो। आजभोलीससम्म दरबारका भग्नावशेष वाहेक थुप्रै गणराज्यहरु अर्थात् सय्.-साना कविला वा गाउँका संघनायक ग्याल्बो-ग्ले (राजा)हरूको नाम र वर्णन तामाङ जातिका विभिन्न थर(कविला-समूह)का उत्पत्ति तथा राजघरानाको वृतान्त पाइन्छ। गणराज्यको स्वरूप र कविलाइ गणराज्यका संघनायक राजाहरुको स्वभाव भने सामन्ती भुरेटाकुरे प्रकृतिका थियो भन्न सकिने आधार पाइन्छ।यसको दसीको रूपमा मुस्ताङ भोटको जोङसोम लगायत धादिङ जिल्लाको सेमजोङ, सल्यानटारका याबेङ खोलाको नजिकका ग्ले(घले) संघ वा गणनायक राजाका दरवारका भग्नावशेष, रसुवाका गोलजोङका संघ195ङ्गगणनायक ग्ले(घले) राजाको दरबार र किल्लाहरूको भग्नावशेष, नुवाकोट ककनीका रुम्बा थरका गणनायक अर्थात् राजाको दरबार र तीनको भग्नावष, तेमाल काभ्रेका रीन्जीन दोर्जे दोङको दरबार, रामेछापको ताल्ज्युका ग्हीसीङ राजाका दरबारका भग्नावशेष आदि तामाङ गणतन्त्रात्मक संघीय तथा स्वराज्यहरूको अस्तीत्व र अवशेष भेटिन्छन्।यी नै प्राचीन ताम्सालीङ क्षेत्र देखि वर्तमान ताम्सालीङ क्षेत्रहरूमा बाह्र साना गणराज्यहरूको जनप्रतिनिधि मूलक १२ तामाङको केन्द्रीय संघिय गणराज्य प्रणालीको अवशेषका रूपमा (१२ जनाको जनपद वा संघिय स्वरूप) जन समिती वा सभा वा परिषद वा संगठन पूर्वमा "१२ तेमाल", मध्येमा "१२ लाच्याङ", "मध्य पश्चिममा १२ गोरस्याङ" र पश्चिममा मुस्ताङ भोट क्षेत्रमा जोङसोम भेगमा "१२ गाउँले"(थकाली तमङहरूको १२ गाउँको प्रतिनिधि रहेको जन संगठन आज पनि छ) आदि अझैसम्म संघिय प्रणालीका गणराज्य व्यवस्थाको अवशेषका रूपमा रहेको पाइन्छ।यी मध्ये केन्द्रीय तामाङ गणराज्यहरुमा बाह्र गोर्स्याङ अर्न्तगत पश्चिम १ नम्बर त्रिशुली नदीबाट पश्चिम २ नम्बर सम्मका प्राचीन तामाङ कविला तथा वस्तीहरु पर्दछ र अुअीबा थरको दाकुर अुअीबा, तत्कालीन बाह्र गोर्स्याङ तामाङ गणराज्यका सबैभन्दा अन्तिम संघ वा गण नायक वा प्रमुख थिए। उनको गणराज्यको केन्द्र सेमजोङ थियो। भने बाह्र लाच्याङ अर्न्तगत त्रिशुली नदी देखी पूर्व सिन्धुपाल्चोक, दोलखा छेउसम्म अर्थात् पूर्व १ नम्बरका उत्तरी भेग पर्दथ्यो। बाह्र लच्याङ गणराज्यको अन्तिम संघका गण नायक वा प्रमुखको रुपमा ग्याल्बो देउसिं बारु तामाङ जातिको रुम्बा थरका थिए। त्यसैगरी बाह्र तेमाल अर्न्तगत हालको काठमाण्डौको दक्षिण पूर्व ललितपुर, काभ्रे दाप्चा, तेमाल, कोशीको पारी हुँदै पूर्वको दुःधकोशी सम्मका गाउँ तथा कविलाहरु पर्दथ्यो सो गणराज्यको केन्द्र तिमाल र त्यसको अन्तिम गण प्रमुख दोङ थरका रीन्जेनदोर्जे तामाङ थिए भन्ने कुरा तामाङ जातिको वंशावली तथा मौखिक इतिहासका अवशेषहरुको अध्ययनले देखाएको छ। यी क्षेत्रहरु नै प्राचीन समय देखि आजसम्म पनि तामाङ बाहुल्य क्षेत्र कै रुपमा रहेका छन्।उपत्यकाको उत्तर पश्चिम कुनाको डाडाय्.त्र्मा बाह्र लच्याङ गणराज्यको संघ वा गण नायक वा प्रमुख ग्याल्बो देउसिं बारुको जोङ (राजधानी) कारकानीमा(ककनी) थियो। उनको माइलो भाइ साङग्ये रुम्बा बौद्ध धर्मका सिद्ध लामा थिए। उनको हालको नागारजुन रानी बन क्षेत्र जामाचोमा गुम्बा थियो। उनको सन्तानहरु जामाचो भेगमा नै बस्थ्यो। अहिले मुडखु चेक पोष्ट भएको स्थानबाट अलि माथि नागारजुन पछाडी रुम्बाहरुको बस्तीको भग्नावशेषहरु आज पनि देख्न पाइन्छ।आजभोलिको रानी बन (रानी बगैचा) बनाउन राज्यले अधिकरण गरेपछि जामाचोको रुम्बा वस्तीलाई आजभोलिको वैखुमा १०० रोपनी भन्दा बढी क्षेत्रफल बराबरको जग्गा मुआब्जामा दीइ (साङग्ये बारुको सन्तानहरुलाई) जामोचोबाट सारेको कुरा स्थानीय सम्भुलामा र उनका काकाहरुले बताउँ छन् । यहाँ कै रुम्बाका सन्तान एक समूह काठमाण्डौको स्वयम्भू र अर्को एक समूह बौद्ध परिसरमा गुम्बामा पुजापाठ सञ्चालन गरेर बसेको भेटिन्छ। वैखुका रुम्बा लामाहरुलाई सेरतो(सेर्बा) असिना रोक्ने फीरफीरे(हावाको पंखा) हालेर धार्मिक विधि गरेर असिना रोक्नेकाम मल्लकाल बेखि राणा कालसम्मका सरकारबाट जिम्मा पाएका देखिन्छ। त्यस वापत जनताबाट माना पाथि अन्न पारिश्रमिक उठाउन पाउने हकबारे लिखित इस्तीहार जारी गरी दिएको पाइन्छ। जसमा ठमेल भगवान बहाल देखि किर्तिपुर सम्मको क्षेत्र तोकेको थियो।रूम्बा ग्लेका बारेमा यस्तो जनस्रुति पाइन्छ । भनिन्छ "ककनीका रुम्बा र पाख्रीन बीचमा ठूलो युद्ध र बिबाद भएपछि रुम्बाहरुबाट पाख्रीनहरुको वंश नै नास हुने गरी युद्ध भए। त्यसबेला रुम्बा कै छोरी चेली पाख्रीनको बुहारीको कोख रहेका भान्जा पाख्रीनले ककनीका ढुङ्गे धारामा नुहाउय्.त्र्दै गर्दा तीरले हानेर मामा रुम्बा ग्याल्बो (संघ नायक)को हत्या भएपछि रुम्बा ग्याल्बो (संघ वा गण नायक)को अन्त्य भयो अरे भन्ने मौखिक आख्यान अज पनि सुन्न पाइन्छ।रुम्बा ग्याल्बोका ग्याल्खाङको विभिन्न अवशेषहरु नुवाकोट जिल्लाका काकानी अर्थात् ककनी डाँडोको जङ्गल भित्र रहेको कुरा ककनीका बासिन्दाले आज पनि बताउने गरेको छ।यस्तै भग्नावशेषहरु र मौखिक आख्यानहरु बाह्र तेमालका दोङ ग्याल्बो, बाह्र गोरस्याङका अुअीबा ग्याल्बोको पनि रहेको पाइन्छ। त्यसकारण प्राचीन तामाङ संघिय गणराज्यको अवशेष ताम्सालीङ हो। यही तथ्यले ताम्सालीङ आजको संघीय गणराज्य हुन सक्ने दह्रो आधारशीला खाडा गरी दिएको छ।               ताम्सालीङ भूगोल र संघिय ताम्सालीङ गणराज्यको पुष्ट्याइः

ताम्सालीङ भन्नाले तामाङ जाति वा राष्ट्रीयताको समग्र भूगोललाई बुझाउँछ। यहाँ राष्ट्र वा जाति बुझाउने "तामाङ" शब्द र "लीङ" अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टो भू-क्षेत्र वा प्रदेश वा महाद्विप र उपमहाद्विप वा महादेशलाई बुझाउछ ।     

“ल्होछार वा लोसार” को इतिहास


तत्वीय खगोलशास्त्रको आधारमा गणना गरिने परम्परा अनुसारको ल्होछार वा लोसारको परमपरा नेपाल एक बहुजातिय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कउतिक देश हो । यिनै बहु संस्कृतिहरुमध्ये सिङ्गो हिमाली तथा पहाडी भूभागको आदिवासी जनजाति समुदायको सबैभन्दा महान् चाड ‘ल्होछार वा लोसार’ हो । तामाङ्ग, ह्याल्मो, शेर्पा, गुरुङ्ग, मनाङ्गे, थकाली, दुरा, जिरेल, ल्होमी, लेच्चा, भुटिया, तोप्केगोला, ओलाचुङ, होलुङ, तिब्बती आदि जातिहरुले बडो धुमधामका साथ यो चाडलाई ल्होछार वा लोसार पर्वको रुपमा मनाउने गर्दछन् । ‘ल्हो वा लो’ ले तामाङ्ग, ह्योल्मो, शेर्पा, गुरुङ्ग, मनाङ्गे, थकाली, दुरा, जिरेल, लोमी, भुटिया, तोप्केला, ओलाचुङ, तिब्बती आदि जातिहरुको भाषामा सम्वत, साल, वर्ष वा पाँच तत्वमा आधारित १२ जीवजन्तुको नाममा उमेर बुझाउँने वर्ष आदिलाई बुझाउँछ । यही वर्ष, साल, सम्वत, उमेर फेरिने वा बदल्ने उत्सव वा चाड मनाउने परम्परा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा संसारभरि नै पाइन्छ । विशेष गरेर ल्होछार वा लोसार चाड नेपालको सम्पूर्ण हिमाली तथा पहाडी प्रदेश तिब्बत, मंगोलिया, सिँगापुर, मलेशिया, कोरिया, जापान, लाओस, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, बर्मा, भूटान लगायत भारतको लद्दाख, हिमाञ्च आदिस्थानमा मंगोलमूलकीहरुले महत्वका साथ मनाउने गरेको पाइछ । यो उत्सव मुख्यतथा परम्परागत चन्द्रपात्रो (Lumar Calendar) तथा पाश्चात्य ग्रेगोरियन भारतिय कालचक्र तथा शिवतन्त्र पात्रोमा आधारित भएको पाइन्छ । चन्द्रपात्रोमा विश्वास राख्नेहरुले चन्द्र नयाँ वर्ष (Lunar New Year) चन्द्रवर्षको पहिलो महिनाको, पहिलो दिन चन्द्र नयाँ वर्ष (Lunar New Year) आरम्भ हुने दिन ल्होछार वा लोसार मनाइन्छ । तर अपवादको रुपमा नेपालमा गुरुङ्ग जातिले भने यही उत्सव सूर्य पात्रोको सौरमास पौषदी १५ गतेका दिनलाई ल्होछार मानिआएको छ । ‘ल्हो’ वा ‘लो’ र ‘छार’ वा ‘सार’ को अर्थ ः ल्होछार वा लोसार बारे हामीले प्रशस्तै छलफल गर्नु अघि त्यसको शाब्दिक खअर्थ जान्नु आवश्यक छ । तसर्थ त्यसबारे प्रचलनमा पाइएका अर्थलाई यहाँ प्रस्तुत गरिएको छ । “ल्होछार वा लोसार” पहाडी तथा हिमाली आदिवासी ÷ जनजातिहरु र चिनियामूलकीहरुले मनाइने ‘चन्द्र नयाँवर्ष’ उत्सव वा पाँच तत्वहरुमा आधारित वर्ष चक्रको वर्ष फेरिने प्रकृयालाई बुझाउन प्रयोग भइराखेका पदावलीहरु हुन् । यो पर्वलाई आत्मसाथ गर्ने जातिहरुमध्ये सबैभन्दा ठूलो जनसंख्या रहेको तामाङ्ग र त्यसपछिको भाषामा नयाँवर्ष उत्सव आरम्भ वा नयाँ वर्ष भन्ने बुझाउन ‘ल्होछार’ पदावलीको प्रयोग भएको पाइन्छ । त्यस्तै तिब्बतीहरुसँग बढी निकट मानिने तामाङ्ग तथा गुरुङ्ग जातिको तुलनामा अल्पसंख्यामा रहेका जातिहरु शेर्पा, ह्योल्मो, मनाङ्गे, लोप्केगोला, सिङसा, लोमी, होलुङ आदिको भाषामा ‘लोसार’ पदावलीले नयाँवर्ष भन्ने बुझाउँछ । यहाँ तिब्बती भाषालाई मूलभाषा मान्दा ‘लोसार’ तत्सम शब्द हो अर्थात् तिब्बती भाषाबाट जस्ताको तस्तै आएको छ । तर तामाङ्ग, गुरुङ्ग तथा थकालीको भाषा तद्भव भएर ‘ल्होछार’ मौलिक शब्दको रचना भएको पाइन्छ । हालसम्म विभिन्न भाषाहरुमा प्रच्लन रहेको लिखित तथ्यहरुको आधारमा ‘ल्होछार वा लोसार’ को अर्थ निम्नअनुसार रहेको पाइन्छ । तामाङ्ग भाषामा अर्थ ः तामाङ्ग जातिको तामाङ्ग भाषाम वर्ष फेरिनुलाई “ल्होछार” भनिन्छ । यहाँ ‘ल्हो’ शब्दको शाब्दिक अर्थ परम्परागत रुपमा प्रचलनमा रहेको चिनिया चन्द्र नयाँ वर्षसँग मेल खाने पाँच तत्वहरुको संयोजन रहेको विभिन्न १२ वटा जीवजन्तुहरुको नाममा नामाकरण गरिएको ‘वर्षचक्र’ –ल्होखोर्लो) लाई बुझाउँछ । यसलाई तामाङ्ग भाषामा “ल्होखोर्लाे वा ल्होकोर” (वर्षचक्र) भनिन्छ । यही ल्होकोरको एउटा ल्हो छोडेर अर्को फेर्नु या बदलिनु या नयाँ आरम्भ हुने दिनलाई ल्होछार भनिन्छ । तामाङ्ग भाषामा ‘ल्हो’ शब्दले “वर्ष, साल, सम्बत, सम्वतसर उमेर” र “छार” शब्दले ‘नयाँ’ भन्ने बुझाउँछ अर्थात् ‘ल्हो’ र ‘छार’ (वर्ष र नयाँ) दुई भिन्दाभिनदै शब्दहरु मिलेर ‘ल्होछार’ नयाँवर्ष बुझाउने शब्दावली बनेको छ । तामाङ्ग भाषामा अन्य शब्दावलीहरुले पनि क्रमशः ‘ल्हो’ ले वर्ष र ‘दोबा’ ले फर्कनु त्यस्तै ‘ल्हो’ वर्ष र ‘पोबा’ फेरिनु र ‘दिङ’ ले साल, सम्वत् र वर्ष ‘छारदीङले नयाँ साल वा नया सम्वत् भन्ने बुझाउँछ । यसप्रकार तामाङ्ग भाषामा नयाँ वर्ष “ल्होछार” लाई ‘ल्हो दोबा’ एवम् ‘ल्होपोबा’ र ‘छारदीङ’ पनि भनिन्छ । गुरुङ्ग भाषामा अर्थ ः गुरुङ्ग विद्धान जगमान गुरुङ्गको सम्पादकत्वमा २०४८ सालमा “ल्होछारको शुभकामना बाँदर वर्षको ल्होफल” (२०४८÷९÷१५ –२०४९÷९÷१४), नामक पुस्तिका “गुरुङ्ग ल्होछार गुरुङ्ग पुस्तिका “गुरुङ ज्योतिषशास्त्र” भनेर प्रकाशन भएको थियो । उक्त पुस्तिका र गुरुङ्ग लेखक डिल्लीजङ गुरुङ्गको गुरुङ्ग शब्दकोश अनुसार गुरुङ्ग भाषामा पनि ‘ल्हो’ ले वर्ष वा (१२ जीवजन्तुमा आधारित वर्ष वा वर्ग) लाई र ‘छार’ ले नयाँ नै बुझाउँदछ । अर्थात् गुरुङ्ग भाषामा पनि नयाँ वर्षलाई “ल्होछार” नै भनिन्छ । ल्होछारको अवसरका प्रकाशित हाम्रो रोधी वर्ष अंक १ मा नेत्र तमुको –“तमु ल्होसारको नालीबेली” शीर्षकको लेखमा “ल्होत्वोमा शब्द (ल्हो + त्वोवा) मिलेर बनेको शब्द हो । ‘ल्हो’ को अर्थ वर्ग र ‘त्वोवा’ को अर्थ फर्कनु हुन्छ ” भनेर गुरुङ्ग भाषामा अथ्र्याइएको छ । त्यस्तै डिल्लीजङ्ग गुरुङ्गकै अनुसार “सूर्य पृथ्वीको किनारसम्म पुग्नुलाई ‘ङीखोर होंव’ भन्दछन् र सूर्य उत्तर दिशातर्फ फर्केको दिनलाई ‘ङीएब’ अथवा ‘ल्हो तोबा’ भनिन्छ ।” यहाँ ‘ल्हो तोबा’ भनेको वर्ष फर्कनु हो । तसर्थ गुरुङ्ग भाषामा ल्होछारले ल्होतोबा, ङीएबा, नयाँ वर्ष भन्ने बुझाएको पाइन्छ । तिब्बती शेर्पा तथा अन्य जातिहरुको भाषामा ‘लोसार’ को अर्थ ः– तिब्बतीहरु नयाँ वर्षलाई “लोसार” भन्दछन् । यहाँ पनि ‘लो’ ले सम्वत, सम्वतसर, साल, वर्ष, उमेर तथा १२ वटा जीवजन्तुहरु भएको वर्ष चक्रलाई पनि बुझाउँछ । नेपालको शेर्पा, ह्योल्मो, सीङसा, तोप्केगोला, डोल्पाली, होलुङ आदि यी सबै जातिहरुको भाषामा पनि तिब्बती भाषाको “लोसार” शब्दावली नै नयाँवर्ष बुझाउन प्रयोग भएको पाइन्छ । तिब्बती भाषामा या ह्याल्मो, शेर्पा, सिङसा, लोमी, होलुङ आदि जातिको भाषामा ‘लो’ शब्दले वर्ष, र ‘सार’ ले नयाँ अथवा नवीन भन्ने, बुझाउँछ । ‘लो’ र ‘सार’ (वर्ष र नयाँ) दुई शब्दले मिलेर ‘लोसार’ अर्थात् नयाँ वर्ष शब्द बनेको छ । यहाँ लोसारको अर्थ ‘राब्ज्युङ लो’ कोर १२ जीव तथा पन्छीहरु र पाँच तत्वहरु (खामहरु) कृयात्मक सम्बन्ध रहेको वर्षचक्रको लो (वर्ष) फेरिनु तथा तिब्बती राजाको सम्बत् या तिब्बती साल ‘ग्येल्बु लो’ (यो वर्ष ग्येल्बु लो –२१२९ सौं हो ।) फेरिने दिनलाई बुझाउँदछ । यो तिब्बती ग्येल्बु सम्बत् फेरिने र जनताको लो फेर्ने दिन एकै दिनलाई मान्दछ । ल्होछार वा लोसार वा चन्द्र नयाँवर्ष परम्परा ः ‘ल्होछार वा लोसार’ परम्परा खगोलशास्त्रअनुसार सूर्य र चन्द्रमाको गतिसँग सम्बन्धित नभएर बाह्र जीवजन्तुहरुको नाम र तिनमा प्रभाव पार्ने पाँच भौतिक तत्वहरुको आधारमा सृजित राब्ज्यूङ ल्होखोर (६० वर्षे वर्षचक्र) चनद्रपात्रोमा आधारित विश्वको सबैभन्दा पुरानो परम्परा मानिन्छ । यसको आजभन्दा ४७०० वर्ष अगाडी सुरु भएको तथ्य चिनिया खगोलशास्त्रको इतिहासमा पाइन्छ । यो खगोशास्त्र तथा ज्योतिषशास्त्र एवं पश्चिमी प्रसिद्ध ग्रेगोरिएन पात्रो र बौद्धदर्शनमा आधारित का लचक्र पात्रो अथवा सौर्य पात्रोसँग तथा चन्द्र, सूर्य तथा ग्रह नक्षेत्र आदिमा आधारित वैज्ञानिक खगोलशास्त्रको प्रयोग तथा व्याख्यासँग पनि सम्बन्ध रहेको हुन्छ । यो परम्पराअनुसार चन्द्रवर्षको वर्षहरु, पाँच तत्वहरुमा आधारित भिन्दा भिन्दै १२ जीवजन्तु र पन्छीहरुको नामबाट वर्षहरुको नामाकरण गरिएको हुन्छ । र यो वर्षचक्र परम्परामा एक वर्षलाई १२ चन्द्र महिनाहरुमा विभाजन गरिएको हुन्छ । अधिकमास भएको बेला भने १३ वटा महिना हुन्छ । सामान्यतया एक चन्द्रमास (चन्द्र महिना) लाई दुई भागमा, औैंशीको भोलिपल्ट परेवादेखि पूर्णिमासम्म र पूर्णिमाको भोलिपल्ट परेवादेखि औंशीको दिनसम्म विभाजन गरिएको हुन्छ । जसलाई नेपालीमा “शुक्लपक्ष” (प्रतिपदा परेवादेखि पूर्णिमासम्म) र “कृष्णपक्ष” पूर्णिमादेखि औंशीसम्म) भनिन्छ । यो अवधि अर्थात् एक चन्द्र महिनामा २९.५ दिनको हुन्छ । सौर्यपात्रोमा ३६५ दिनको एक वर्ष हुने भएकोले चन्द्रवर्षमा ३६५ दिनको एक वर्ष हुन्छ । जुसले गर्दा सूर्य तथा चन्द्र पात्रोको बचिमा मिलाउन चन्द्रवर्ष प्रत्येक तीन वर्षमा एक पटक [365-(29.5 *12) 354 = 11 * 3 = 33 days leap month] ‘अधिकमास’ जोडिनछ । यसरी ‘अधिकमास’ जोडिएर हुने वर्षलाई चन्द्र मलमास वर्ष’ (Lunar Leap Year) भनिन्छ । चन्द्र महिनाहरुको नाम पनि आ–आफ्नै भाषामा प्रचलनमा रहेको पाइन्छ । जस्तै– महिनालाई बुझाउन तामाङ्ग भाषामा लानी (लाङी) ‘चन्द्रमा’ को अर्थबाट नै महिना भन्ने पदावली बनेको पाइन्छ । तसर्थ तामाङ्ग भाषामा “ला” ले महिना बुझाउँछ, त्यस्तै चन्द्रमालाई युये भनिन्छ । महिना बुझाउन “युये” पदावलीलाई प्रयोग गरेको छ , त्यस्तै तिब्बती भाषामा ‘दावा’ चन्द्रमाकै अर्थमा महिना बुझाउँन “दावा अर्थात् दा” पदावलीको प्रयोग गरिएको छ । त्यसकारण पश्चिमी ग्रगोरिएन पात्रो र चीनमा प्रचलित पौराणिक “स्हिाया साम्राज्यकाल” को पात्रो परम्परा अनुसार चिनिया पहिलो चन्द्र महिना वा नेपालमा तामाङ्ग पहिलो चन्द्र महिना ‘ख्रेला’ नयाँ चन्द्रमा उदाउने दिन (NEW MOON DAY) माघ शुक्लपक्ष प्रतिपदा देखि आरम्भ हुन्छ । त्यस्तै तिब्बतीहरुले ‘होर लावा दाङबो या बोअी दावा दाङबो” भनेको अर्थ पनि प्रथम चन्द्र महिना नै भनेको हो यहि परम्परा नेपालमा मात्र नभउर चिनिया मुलका सम्पूर्ण देशहरु मंगोलिया, हङकङ, लाओस, भियतनाम, कम्बोडिया, मलेसिया, सिँगापुर, जापान, कोरिया बर्मा, भुटान, सिक्किम आदि मुलुकहरुमा यद्यपि प्रचलनमा छ । यसको अलावा इरान, र्पिया, महाराष्ट्र (भारत) आदि मुलुकहरुमा पनि चन्द्रमासमा आधारित नयाँ वर्ष उत्सव मनाउने प्रचलन पाइन्छ । यसबाट पनि ल्होछार वा लोसार भनेको नै चन्द्रमास (महिनामा) आधारित र पाँच तत्वको आधारमा सृजना भइराखेको वर्ष (EL-emental year) फेर्दा उत्सव नै हिमालय तथा पहाडी क्षेत्रका तामाङ्ग, गुरुङ्ग, शेर्पा, थकाली, मनाङ्गे, ल्होमी, दुरा, जिरेल, होलुङ, लेप्चा, भुटिया, तिब्बती, भुटानी, लादाखी आदि समुदायले मनाउने नयाँवर्ष उत्सव ल्होछार वा लोसार हो । नेपाल र भारतमा प्रच्लित चनद्रमास अनुसार यो दिन माघ शुक्लपक्ष प्रतिपदा परेवा तिथिका दिनदेखि चनद्र नयाँवर्ष उत्सव मनाउने गर्दछ । चीनमा ल्होछार वा चिनिया चन्द्र नयाँवर्षको इतिहास ः ल्होछार वा लोसार चाड विभिन्न बाह्र जीवजन्तुहरुको नाममा बाह्र वर्षलाई पाँच भौतिक तत्वहरुको आधार सृजना भइराखेको वर्षचक्र परम्परामा आधारित वर्ष, महिना, दिन गणना गर्न सकिने परम्परा हो । यो परम्परा चिनिया चन्द्रपात्रोको परम्परा जति पुरानो छ । त्यतिनै पुरानो र ऐतिहासिक भएको तथ्य भेटिएको छ विश्वभर प्रचलनमा रहेको ‘चन्द्र नयाँवर्ष’ अर्थात् ‘चन्द्रमास’ को आधारमा वर्ष परिवर्तन हुने यो ‘ल्हो’ परम्परा पश्चिमी ‘ग्रेगोरियन’ र बौद्धदर्शनमा आधारित ‘कालचक्र’ पात्रो वा सौर्य पात्रोसँग मेल खान्छ । साल, सम्बत्, सम्बत्सर, वर्ष, महिना, दिन, रात फेरिने कुरो आधुनिक वैज्ञानिक भाषामा भन्नु पर्दा खगोशास्त्र र ज्योतिष विज्ञानसँग पनि गाँसिएको हुन्छ । त्यसैले चनद्र नयाँवर्ष अनुसार वर्ष (ल्हो वा लो) फेरिने परम्पराको आफ्नै छुट्टै मूल्य, मान्यता, इतिहास र परम्परा रहि आएको छ । यही परम्परा नै विश्वभर चन्द्र नयाँवर्ष पर्वको रुपमा मनाइन्छ । चीनमा चन्द्र नव वर्ष एवं ऋतु परिवर्तन उत्सव (सूर्य दक्षिणबाट उत्तरी ध्रुवतर्फ लाग्ने समय अर्थात् -Winter Solstice age) प्रवेश भएको) Spring Festival उत्सव एकै दिन मनाइन्छ । पानी–पुरुष घोडा वर्षपछिको चिनिया चन्द्रवर्ष ४७०० औं काठ–स्त्री बाँदर वर्ष हो । “चिनिया प्राचिन ‘स्हीया’ साम्राज्य र बादशाहहरुले प्रचलनमा ल्याएको ‘स्हीया’ पात्रो परम्पराअनुसार पनि चिनिया चन्द्रवर्षको प्रथम महिनाको प्रथम दिनलाई नयाँवर्ष आरम्भ उत्सव मनाइने कुरा उल्लेख छ । यो परम्परा “ई.पू.२१०० –१६०० मा प्रारम्भ भएको कुरा चिनिया चन्द्र नयाँवर्ष परम्पराो इतिहासमा उल्लेख गरेको पाइन्छ र हजारौं वर्षदेखि हालसम्म निरन्तर चलिआएको छ, यही समयदेखि चिनियाहरु ‘स्प्रीङ्ग फेष्टीभल’ मान्दछन् ।” यस दिनलाई उनीहरु “युआन” दिन पनि भन्दछन् । यसको अर्थ नवीन आरम्भ हो । चिनियाहरु आफ्नो महिनालाई ‘युअ‍े’ भन्दछन् । यसको अर्थ चन्द्रमा हो । चिनिया चन्द्रवर्ष चक्रमा एउटा पूर्ण वर्षचक्र ६० वर्षमा पुरा हुन्छ । यो वर्षचक्र १२ वटा विभिन्न जीवजन्तुहरु पौराणिक चिनिया संकेत अनुसार क्रमशः मुसा, गोरु, बाघ, खरायो, ड्राइगन, सर्प, घोडा, भोडा, बाँदर, पन्छी, कुकुर, बँदेल रहेका छन् । यी नै जीवजन्तुहरु चिनिया पाँच भौतिक तत्वहरु (खामहरु) क्रमशः काठ, आगो, धातु, पानी र माटोसँग मिलेर तत्वहरुको प्रभाव भिन्दा भिन्दै हुन्छ । यी पाँच तत्वहरुको पनि प्रत्येकको ‘यीङ र याङ’ अर्थात् ‘याब युम’ (पुरुष र स्त्री) हुन्छ । चिनियाहरुको मतअनुसार ‘काठ’ तत्वले सृजनशरुल र कल्पना गर्नसक्ने, ‘आगो’ तत्वले परम्परावादी, ‘धातु’ तत्वले बाध्यातकम, ‘पानी’ तत्वले चेतक, चेतनामुखी र ‘माटो’ तत्वले स्थायी, दृढसंकल्पी वयक्तित्वको रुपमा विश्वास गर्दछन् । खाम बाहेक चिनिया ज्योतिषशास्त्रमा आठवटा पार्खहरुले पनि महत्व राख्दछ । त्यसै गरी नेपाल तामाङ्ग घेदुङ, सिक्किम तामाङ्ग बौद्ध संघ, अखिल भारतिय तामाङ्ग बौद्ध संघहरुले बर्सेनी मनाउँदै आइरहेको ल्होछार वा ल्होछारको तिथि र मिति पनि यहि नै दिनमा पर्छ । (हेर्नुहोस् (Chinese Astrology and lunar Calendar) ल्होकोर च्युअीङीको नाम कसरी रह्यो ? ल्होकोर चयुअङी अर्थात् १२ वटा वर्षहरुले नामाकरण कसरी हुन गयो भन्ने सम्बन्धमा यो परम्पराको सबैभनदा पुरानो परम्परा भएको चिनियाहरु पनि स्पष्ट देखिदैन र पनि उनीहरुमा विभिन्न कथनहरु पाइन्छ तर अरु समुदायमा हाल सम्म कुनै प्रकारको कथनहरु सुन्नमा आएको छैन । तर चिनियाहरुमा भने दुई प्रकारका मतहरु पाइएको छ । तर चीनमा प्रच्लित १२ वर्षको नामसँग चिनियाहरुको जतिको पूर्णरुपमा खगोल र ज्योतिषशास्त्रसँग ठ्याक्कै मेल खाने ल्होकोर परम्परा नभएका तर अवशेष मात्र रहेका नेपालका केही समुदाय र भियतनीहरुमा १२ वर्षलाई प्रतिनिधित्व गर्ने जीवजन्तुहको नामक्रममा एक दुईवटा भिन्न छ । (क) संसारको सम्पूर्ण प्राणीहरुलाई भगवान बुद्धले परिनिर्वाण हुनु पूर्व भेला हुन निम्त्याउनुभएको थियो । निम्तो मान्न भेला भएका प्राणीहरुमध्ये १२ प्राणीहरुलाई डाकेर उनीहरुलाई भगवान बुद्ध सामु सबैभन्दा पहिले आइपुग्नेको नामबाट क्रमशः एक एकलाई एउटा वर्ष गरी नामाकरण गर्नुभएको थियो । (ख) जाड बादशाहले एकपटक सबैभन्दा छिटो कुन प्राणी रहेछ भन्ने थाहा पाउन एउटा प्रतियोगिताको आयोेजना गरेका थिए । बादशाहले, तोकिएको नदी पार गर्ने (तर्न सक्ने) प्रथम १२ प्राणीहरुलाई धर्तीको १२ हाँगाको रुपमा चनद्र पात्रोको वर्ष चक्रमा समावेश गर्ने निधो गरेका थिए । यो प्रतियोगितामा गोरुले पौडन कमजोर विरालो तथा मुसालाई आफ्नो ढाडमा (आङमा) बोकेर खोला तारी प्रतियोगितामा सहयोग गर्ने बाचा गरेका थिए । नदी बीचमा पुगेपछि मुसाले विरोलोलाई धकेली दिए र आफू भने खोला तरिसकेछि आफ्नो ढाडामा मुसा फुत्त उफ्रेर पहिला भए र विरालोले प्रथम हुने १२ प्राणीहरुमा पर्ने मौका गुमायो । मुसा पहिला भएकाले वर्ष चक्रमा पहिलोमा, दोस्रोमा गोरु परे” भन्ने उल्लेख गरिएको छ । (ग) ल्हो –खोर्लोमा चिनिया परम्परामा बाहेक भियतनाम, नेपालमा तामाङ्ग र गुरुङ्गहरुमा खरायो वर्षलाई विरालो वर्षको रुपमा पनि गणना गर्ने चलन छ । तर सरकारी स्तरमा नै सयौं वर्षदेखि प्रचलनमा रहेको मुख्य भूमि चीन र स्वशासित क्षेत्र तिब्बतमा भने १२ वर्षलाई प्रतिनिधित्व गर्ने जीवजन्तुको नाममा खासै भिन्नता छैन । तामाङ्ग जातिमा ल्होछार परम्परा चन्द्र वर्षको चन्द्र महिनालाई तामाङ्ग भाषामा ‘खे्रला’ भनिन्छ । चन्द्र महिनाको पहिलो दिन नै तामाङ्गहरुको वर्षरम्भको दिन हो । १२ औं चन्द्रमहिना ‘तापाला’ दोप्पा सकेर ‘खे्रला छेपा गी’ नयाँ चन्द्रमा उदाउने दिन ९ल्भध ःययल० बाट ल्हो (वर्ष) फेर्दछ । यो महिना सौर्य पात्रोअनुसार पुस÷माघ शुक्लपक्ष प्रतिपदा परेवाको दिन पर्दछ । यही दिनदेखि चीनमा पनि चिनिया चनद्र वर्षको चन्द्र महिनाको पहिलो दिन अर्थात् चिनिया चन्द्र वर्षको चन्द्र महिनाको पहिलो दिन अर्थात् चिनिया चन्द्र नयाँवर्ष आरम्भ हुन्छ । यो विश्वभर प्रचलित पाँच तत्वहरुको संयोजन रहेको १२ वटा जिवजन्तु र पन्छीहरुको नाममा आधारित ल्होखोर्लो (वर्षचक्र) परम्परा जो चन्द्रपात्रो परम्परामा आधारित छ । तामाङ्गहरुले सदियौंदेखि नै यहि ‘ल्होखोर्लो’ वर्षचक्रको आधारमा नै आफ्नो उमेरको गन्ति गर्ने, कति वर्ष भयो ? भनेर गणना गरी आएको थियो । तामाङ्गहरुको वर्तमान भूगोलमा आफ्नो राज्यसत्ता नरहेपछि झण्डै अढाई सय वर्षदेखि यो परमपरा कथ्यमा मात्र सिमित हुँदै गए र तामाङ्गहरुले आज २१ औं शताब्दी सम्म आइपुग्दा आफ्नो लिखित ज्योतिषशास्त्र र पात्रोको अभावमा, यो ऐतिहासिक वर्ष चक्रपरम्परालाई नेपाली माघ महिनातिर फेर्दछ भन्ने सम्झनालाई लगातार सन् १९९० को दशकसम्म आइपुग्ने गरी मौखिक र कथ्य रुपमा भए पनि साँचेर राख्न सफल भए । तर आज समयले कोल्टे फरिसकेको छ । माघमा ल्हो फेर्छ भन्ने पुरानो मान्यता वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ । किनभने तामाङ्गहरुको कमघमा ल्हो फेर्छ भन्ने त्यो मान्यतासँग चिनिया ज्योतिष तथा चन्द्रपात्रो परम्पराको वर्ष फेर्ने दिन ठ्याक्कै मेल खान्छ । चिनिया ज्योतिषशास्त्र र परम्परागत चन्द्र वर्षचक्र प्रणालीको प्रथम चन्द्र महिनाको प्रथम दिन वा वर्ष फेरिने दिनले नेपाली माघ महिनासँग सरोकार राख्दछ अर्थात् चन्द्र नयाँवर्षको पहिलो महिनाको पहिलो दिन जसलाई ज्योतिषशास्त्र वा खगोलशास्त्रको भाषामा माघ शुक्ल पक्ष प्रतिपदा परेवा वा तामाङ्ग भाषामा “ख्रेला छेपा गी” भनिन्छ । भारतीय सूर्य पात्रोमा माघ महिना दशौं सूर्य महिना हो र माघ शुक्ल पक्ष प्रतिपदा परेवाबाट सुरु हुने दिन वा महिना चन्द्र महिना हो । तसर्थ तामाङ्गहरुले माघमा ल्हो फेर्छ भन्ने मान्यता सत्य हो । माघशुक्लपक्ष प्रतिपदाबाट शुरु हुने चन्द्र महिना अर्थात् ‘ख्रेला’ एसियाली तथा चिनिया चन्द्र वर्ष परम्पराको पहिलो चन्द्र महिना हो । तामाङ्ग भाषामा ‘छेपा’ को अर्थ महिना वा तिथि ९म्बतभ० आरम्भ या प्रारम्भ वा सुरुवात हो र ‘गी’ को अर्थ प्रथम वा पहिलो वा गन्तिको आरम्भ हो । तयसरी नै चन्द्र महिनाको अन्तिम दिन औंसी हो जसलाई तामाङ्ग भाषामा “दोप्पा” भनिन्छ । ‘दोप्पा’ को अर्थ निस्पट अँधेरो वा ‘लाङी दोवा” चन्द्रामा फर्कनु हुन्छ । अर्थात कालो या नराम्रो दिनहरु सकेर राम्रो जुनेली दिनहरुको (New Moon Day or starting of new Month) हो । यो वर्ष प्रणालीमा वर्षहरुलाई वर्षचक्र –ल्होखोर्लाे) मा १२ जीवजन्तुहरुको नामबाट पुकारिन्छ । जसको तामाङ्ग नामाकरण क्रमशः १) मुसा (ङ्याम्ङ्यु÷नाम्युङ), २) गोरु (ग्लाप), ३) बाघ (च्यान), ४) खरायो÷विरालो (खरा÷तावर), ५) गरुड (मु–पुख्री), ६) सर्प (सा–पुख्री), ७) घोडा (ताबु÷ता), ८) भँेडा (थ्यु), ९) बाँदर (माकार÷तीम्ङ्यु), १०) पन्छी (नामे÷ङयाम्ङ्या÷नाका), ११) कुकुर (नाकी), १२) बँदेल (डोवा÷तीली) रहेको हुन्छ । यसलाई १२ वर्षचक्र “ल्होकोर च्युनी वा ल्होखोर च्युअीङी” भनिन्छ । यो ल्होकोर च्युङीसँग अगाढ सम्बन्ध राख्ने पाँच तत्वहरु अर्थात् ‘खाम– ङा’ तामाङ्ग भाषामा क) सीङ (Wood), ख) मे (Fire) ग) सा (Earth) घ) फाअी (Iron) र ङ) क्युअी (Water) हुन् । यी खामहरुको पनि दुई प्रभाव ‘याब र युम’ पुरुष र स्त्री हुन्छ । यो पाँच खाम चक्रले एउटा १२ वर्ष चक्र पुरा गर्दा ६० वर्ष, एक राब्ज्युङ ल्होकोर अर्थात् बृहस्पति वर्षचक्र पूरा हुन्छ । यसैलाई एक सम्वत् भनिन्छ । तामाङ्ग भाषामा चन्द्रमालाई ‘लनी या लाङ’ भनिन्छ । चन्द्रमा ‘लानी’ बाटै तामाङ्ग भाषामा ‘महिना’ लाई “ला” भनिएको हो । वर्षहरुको जस्तै १२ चन्द्र महिनाहरुको तामाङ्ग भाषामा नाम यसप्रकार छ । १२ चन्द्र महिनाहरुको नाम क्रमशः १) ख्रेला (पुस÷माघ), २) बेनेला (माघ÷फागुन), ३) नाम्दुङला (फागुन÷चैत्र), ४) दुगुला (चैत्र÷वैशाख), ५) डोवाफ्रेला (वैशाख÷जेष्ठ), ६) ब्याल्बोला (जेष्ठ÷असार), ७) गोनेला (असार÷श्रावण), ८) यान्देला (साउन÷भदौ), ९) म्हेनीङला (भदौ÷असोज), १०) सोकरातीला (असाज÷कात्र्तिक), ११) बोअीतापाला (कात्र्तिक÷मंसिर), १२) तापाला (मंसिर÷पुस) हुन् । त्यसैले तामाङ्गहरुको प्रच्लनमा रहेको ‘ल्होखोर्लो’ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक खगोलशास्त्रीय तथा ज्योतिषशास्त्रीय मान्यताका आधारहरुसँग तुलना गरेर हेर्ने हो भने सौर्य पात्रोको आधारमा सृजना भएको माघे संक्रन्ति –दशौं सूर्य महिना माघ १ गते) हाम्रो ल्हो फर्ने दिन होइन । तामाङ्गहरु “ल्होछार पर्व” मा “ल्होछार पर्व” अन्तर्राष्ट्रिय रुपमा “माघ शुक्लपक्ष प्रतिपदा” –चन्द्रमाघ महिना) को पहिलो परे पनि मनाउने तरिका देशैपिच्छे र समुदायको सांस्कृतिक परम्परा अनुसार भिन्ना भिन्न पाइन्छ । यस्तो भिन्नता भूगोल, वस्तु –उत्पादन र उपलब्धता, त्यो देशको बजारव्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका कारणले पनि भएका छन् । तापनि “ल्होछार” मान्ने पद्धतिलाई समग्रमा तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ । साँस्कृतिक चाड ल्होछारलाई नेपालको नेपाल तामाङ्ग घेदुङ, भारतका अखिल भारतिय तामाङ्ग बौद्ध संघ र सिक्किम तामाङ्ग बौद्ध संघले प्रथम चन्द्र महिनाको प्रथम दिन ख्रेला छेपा गी –परेवा) देखि पञ्चमी (श्रीपञ्चमी) का दिनसम्म बडो धुमधामले मनाउने निर्णय गरेको कुरा उपरोक्त तामाङ्ग संघहरुले ल्होछार सम्बन्धमा प्रकशन गरेको अपिलहरुमा उल्लेख छ । जसअनुसार नेपाल तामाङ्ग घेदुङले पानी पुरुष घोडा वर्षमा प्रकाशन गरेको पर्चामा निम्नानुसार ल्होछार मनाउने तरीकाको उल्लेख गरिएको छ । ती हुन् –पूर्व तायारी ९एचभउबचबतष्यल०, ल्होछारको पूर्वसन्ध्या (Lhochhar Eve), र ल्होछारको दिन (First day of Lhochhar) १) ल्होछारको पूर्व तयारी (Preparation) M सामान्यतष्या ल्होछार आउनुभन्दा एक महिना अगावै “ल्होछार” को तयारी शुरुवात हुन्छ । नयाँ वर्ष लाग्नुभन्दा पहिले “नसकिएका” कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदाहोरिउन् भनी कर्मकाण्ड गर्ने गर्दछन् । तसर्थ ुिरानो वाषर््को १२ औं महिनाको अन्तिम दिनहरुमा गाउँ टोल, बाटोघाटो, आँगन, चौतारा, पानी पधेँरो, गोठ आदि मर्मत, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनाका लागि आवश्यक सामग्रीहरु सामल, अन्नपात, आलु, भ्याकुर, तरुल आदि फलफूलहरु, कन्दमुल र पूजाका सामग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थान मा आगामी वर्ष राम्रो खेती बालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउबीजमा पानीमा भिजाई टुसा आउने पार्दछन् । २) ल्होछारको पूर्व सन्ध्या (Lhochhar Eve): पुरानो वर्षको अन्तिम दिन मानिसहरु बत्ति बाल्नु तथा चढाउनुका लागि गुम्बाहरुमा जान्छन् र दिउसो संचलन हुने उत्सवहरुमा भाग लिन्छन् । धेरै कर्मकाण्डहरु खराव वा मार वा अमकुशल प्रेतात्मा वा लामाहरुले मारमाथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन् हरेक व्यक्तिले ल्होछारको पूर्वसन्ध्यालाई पूरानो वर्षबाट बाधा विरोध दिने, चिताएको कुरा पूरा हुन नदिने, रोगब्याधी आदि खराब वा मारलाई दमन गर्ने र त्यस खराबम ारबाट नयाँ वर्षलाई मुक्त गर्ने अवसरका रुपमा हेर्दछन् । सामान्यतया ः ल्होछारको पूर्व सन्ध्यामा निम्न कार्यहरु गर्दछन् । क) आ– आफ्नो थर, कुल र वशंको परम्पराअनुसार कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थय लाभको लागि पितृहरुबाट आर्शिवाद तथा शक्ति माग्ने । ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लो बनाएर ग्रहदशा फाल्ने । ग) अगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको बिउबिजन राखी पूजा पाठ गर्ने । घ) परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, आतासवाजी गर्ने, मनोरत्तजनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ नभएसम्म बस्ने । ङ) अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सँधै उजयलो र खुसियाली आओस् भनी बेलुका बालेको बत्ती रातभर बाली राख्ने वा आकाश बत्ती बनाएर घर –अाँगनमा रातभर बाली राख्ने । ३) ल्होछारको दिन (Lhochhar's Day) २८३८ औं ताग ल्होछारको पहिलो दिन अर्थात् २०५८ फागुन १ गते बसन्त ऋतु शुरु हुन्छ । त्यसैले कतिपय ठाउँमा यो वर्षलाई बसन्त पर्व ९क्उचष्लन ँभकतष्खब०ि का रुपमा मनाउने चलन छ । उक्त दिन मूलतः निम्न कार्यहरु सम्पन्न गरिन्छन्ः क) छो चढाउनेः ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योयीखाङ र सो नभएमा भगवान गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छमार वा फेमार दुची (दुअीछ्यु) तथा छो (फलफूल, कन्दमुल, (आलु÷भ्याकुर÷तरुल, खाप्से गेङ, बाबर गेङ, आदि) पकवानहरु राखी साङसेरग्याम गर्ने । भगवान तथा पूर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आर्शिवाद माग्ने । पूजामा चढाएको “छो” दुअी, फेमर आदिले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत र्ने । ख) दर्जु उठाउने ः नयाँ ल्हो को आगमनले (ल्होछार) ले दर्जु उठाउने नयाँ ल्हो को आगमनले –ल्होछार) ले समस्त जगतकै प्राणाीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर आँगन तथा गाउँ वरिपरिका डाँडाहरुमा, गुम्बा, मठ– मनिदरहरुमा लुङदर÷दाज्र्यु गाड्छन् । फहराउँछन् । यो वर्ष ल्होछारको दिन विहान ७ ः०० –१०ः०० बजेसम्म दर्जु ठड्याउने राम्रो साइत परेको छ । लामालाई आफ्नो ल्हो अनुसार ची –पात्रो) हेराई भनेअनुसारको दर्जु राख्न सकिन्छ । लामा नभएमा पाँचै रङ्गको दर्जु राखे हुन्छ । त्यसो पनि नभेटेमा आकाशे रङ्गको दर्जु राख्नु राम्रो हुन्छ । उक्त दिन दर्जु नराखेमा बसन्त पञ्चमीको दिन विहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ । दर्जुसँगै धुपबत्ती बाल्ने र केम (स्याल्गर) चढाउने गरिन्छ । पहिलो दिन दर्जु राख्नु सकिन्छ । ग) आर्शिवाद तथा शुभकामना दिने–लिने ः पूजा आजा सकेपछि सुख, शान्ति निरोगिता र दीर्घायुको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट टीका तथा खाता आर्शिवाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने । भोजभत्तेर खाने । साथीसंँगीसाग मिलेर केम लिने, रमाइलो गर्ने तथा तीर खेल्नु जाने । साथै, आफूले मान्नु पर्ने व्यक्तिहरुका आशिृवाद लिनु जाने र आफू कहाँ आउने पाहुनालाई पनि स्वागत गर्ने । माघे संक्रान्तिमा गरि आएको सबै काम यस दिन गर्ने । पहिलो दिन वा पञ्चमी भित्रमा ल्होछारको उपलक्ष्यमा सामुहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा धर्जु उठाई सबैले “ल्ह ग्वले दुद् फाम्मो” (देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाई गर्ने र तयसपछि शुभकामना आदान प्रदान गर्ने । ४) ल्होछार पश्चात् (Past Lhochhar): ल्होछार उत्सवलाई हर्षोल्लासपूर्वक सम्पन्न गर्न मान्यजन, नातागोता, कुल कुटुम्बा, इष्टमित्र लगायत सबै साथीसँगीहरुलाई भेटघाट गरी खादा सहित शुभकामना आर्शीवाद आदान प्रदानका साथै आफ्नो गच्छे अनुसार आलोपालो गरी इष्टमित्र कहाँ जाने, चेलिवेटी बोलाउने र खानपिन गर्ने । खानपिन आदान प्रदान गर्ने । यो क्रम प्रतिपदादेखि पञ्चमी अर्थात् बसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठनपाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकोले शिक्षा आरम्भ गराउने । आउँदो वर्षभरीको अन्नबाली राम्रो र सफल होस् भनी भूमीपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा साँस्कृतिक कार्यक्रम आलिको आयोजना गरी मैत्री एवं भावनात्मक रुपमा हर्षोल्लासपूर्ण वातावरणमा ल्होछारपर्वको समापन समारोह आयोजना गर्ने । साथै, यसरी चाडपर्व मनाउँदा आफ्नो मान्यता परम्पराको पालना गर्ने तर आर्थिक रुपमा बोझा नपर्ने गरी हर्ष बढाईका साथ मनाउनु हुन पनि अनुरोध गरिएको छ । तामाङ्गहरुको ल्होछार विशेष खाद्य परिकारहरु ः क) दुची (दुईचे) बनाउदा चाहिने बस्तुहरु १. ङारमसु (गुलियो तीन्) चिनी, सख्खर, मह । २. कारसुम (सेतोतीन) दुध, दही, नौनी, घिउ । ३. सेरसाङ (पवित्र रत्न) फलाम, तामा, सुन र चाँदी पखालेको पानी । यी चिज मिसाई बनाएको तरललाई दुच) (दुईचे) भनिन्छ । ख) छेमार (फेम्बेर) माथि बनिएको दुईचे (दुची) आधा भागचाँही दुईचे (दुचीकै रुपमा प्रयोग गर्न राख्ने र आधा दुईचे (दुची मा मकै, गहुँ, चामल, कुनै एकको सातुमा मिलाई बनाएको खाद्य पदार्थलाई छेमार (फेम्बर) भनिन्छ । ग) खाप्से ः गहुँ, जौ, चामल वा त्यस्तै अन्न्को पीठोलाई चिनी र घिउसँग मोली मुछिएको पीठोलाई विभिन्न आकृतिमा काटेर घिउमा पकाएको परिकारहरु ।घ) बाल्डु ः सकेसम्म तीते फापर तथा फापर वा सेतो कोदोकोपीठोबाट बनाएर पानीमा पकाएका विभिन्न आकृतिका परिकारहरु । ङ) आलुम ः गहुँ वा कोदोको पानी रोटी । च) बाबर ः कुल पूजा चढाउँदा गर्ने सादा बाबरहरु । छ) कन्दमूल ः सबै प्रकारका तरुल, भ्याकुरहरु र विशेष बनतरुल । ज) फलफूल झ) माछा, मासु । ञ) गथुग्पा ः नौ थोक मिसाएर बनाएको खानलाई गथुग्पा भनिन्छ । गथुग्पासँगै भाग्य चिन्ने शुभ चिन्ह वा प्राणीहरुको संकेतहरु राखेको मिष्ठान वा खाद्यन्न राख्ने चलन तिब्बती तथा चिनियाहरुमा पनि पाइन्छ । सोनाम, ग्याल्बो ल्होछार वा लोसार, भिन्नताको भ्रम बारे ः ल्होछार वा लोसारको बारेमा जानी सकेपछि यो चाड मनाउनेहरुबीच किन समय अन्तर भयो भन्ने जिज्ञासा उठ्नु स्वभाविक नै हो । यो ल्होछार परम्परा मुख्यतया चिनिया सभ्यताकै उपज भएकाले समान्य चिनिया तथा तिब्बतीहरुको खगोल शास्त्रीय मान्यता, पात्रो परम्पराको विकास र ज्योतिषशास्त्रको इतिहास र उत्पति बारेमा थोरै भएपनि जान्नु पर्ने हुन्छ । तसर्थ यहाँ सार प्रस्तु गर्ने जमर्को गरिएको छ । तिब्बती ज्योतिष तथा खगोलशास्त्रको इतिहास सार ः तिब्बतीमा दुई प्रकारका पात्रो परम्पराको प्रचलन रहेको पाइन्५ । ती हुन् । “ज्युङची” (Elemental Astrology) र “कार ची” (Astronomy) यो पात्रो परम्परा तिब्बतीहरुले चीन, भारत, पर्सीया, ग्रीस लगायतको देशहरुबाट आयात गरिएको इतिहासमा पाइन्छ । तिब्बतमा चिनिया चन्द्र वर्ष परम्पराले दोस्रो शताब्दीमा तिब्बतीका प्रथम राजा ‘ङ्याखारि छेन्पो (gNya-kha Tri-bsten –po -2nd centurary B.C) को समयमा प्रवेश पाएको हो । यो भन्दा पहिले तिब्तीहरुमा पाँच भौतिक तत्वहरुको आधारमा ज्योतिष हेर्ने परम्परा थियो जो बोन धर्म तथा प्रकृति पूजकहरुले कालो र सेतो तान्त्रिक प्रणालीमा आधारित थियो, जसमा प्राणी बली दिइन्थ्यो । वास्तवमा चौथो शताब्दीमा तिब्बतमा बौद्धधर्मको व्यापक विकास भएपछि मात्र हालको ज्योतिष तथा खगोलशास्त्रले तिब्बतमा विकास हुने राम्रो अवसर मिलेको हो । यही समयमा तिब्बतको नवौं राजा Pude Gungyal को शासनकालमा बोन परम्परादेखि चलिआएको winter सिजनमा नराम्राहरुलाई त्याग्ने, आध्यात्मिक रक्षाका निम्ती ठूलो परिमाण धुप बालेर जुन उत्सव मनाइन्थ्यो । त्यो उत्सव एकजना महिलाले समय अर्थात् काललाई चन्द्रमाको गतिको आधारमा निर्धारण गरिने परम्परालाई BLEMA (rgad-mo- bal –ma) नामाकरण गरिएदेखि (खुर्पानीको फुल खेल्ने बसन्तऋतुको आगमन ताका) मनाइने किसानहरुको पहिलो महत्वपूर्ण यो उत्सव लोसारको रुपमा परिणत भएको थियो । त्यसपछि पनि तिब्बतका राजा Srong b Tsan sGam po ले छैटौं शताब्दीमा चारजना प्रतिभाशाली विद्धानहरुलाई चीनमा ज्योतिष तथा खगोलशास्त्रको अध्ययन गर्न पठाएका थिए । यो क्रम निरन्तर जारी रहेको देखिन्छ र छैठौं शताब्दीका तिब्बती राजकुमारले विवाह गरेका पाँचौं रानी, चिनिया राजकुमारले चीनबाट चिनिया खगोशास्त्र र ज्योतिषशास्त्रका पुस्तकहरु आफ्नो साथमा ल्याएका थिए । त्यसै खगोलशास्त्रीय चिनिया परम्पराको प्रभावले तिब्बतमा खगोलशास्त्र तथा ज्योतिषशास्त्रमा नयाँ आयाम थपेको थियो र त्यसरी नै सातौं शताब्दीमा तिब्बती राजा gNamri Srong Tsan को पालामा पनि तिब्बतमा खगोल तथा ज्योतिषशास्त्रको द्रुतगतिमा विकास भएको पाइन्छ । तयसको आठौं शताब्दीमा पुगेर तिब्बतमा ज्योतिषशास्त्रले ‘स्वर्णयुग’ GOLDENAGE को रुपधारण गरी इतिहास कायम गरि दियो । सन् १०२७ अग्नी खरायो वर्षपछि बौद्ध दर्शनको “श्रकालाचक्र तन्त्र” को मुख्य तिनखण्डको आधारभूत अनुवाद संस्कृति भाषाबाट तिब्बति भाषामा लगेपछि तिब्बती पात्रो कालाचक्र (सौर्य) नयाँ वर्ष परम्पराअनुसार तिब्बती तेस्रो महिना –बोअी दावा सुम्पा) देखि प्रारम्भ भएको तिब्बती पात्रोको प्रचलन आरम्भ भयो । यसै बेलादेखि तिब्बती चन्द्र पात्रोको तिथिमा घढबढको भिन्नता तथा चन्द्र मलमास वर्ष जोड्ने कुरा अरु पात्रोहरुमा भन्दा भिन्न रहन गएको पाइन्छ । जो दाथो वा लोथो –पात्रो) यद्यपी तिब्बती प्रचलनमा छ । यही खगोलशास्त्र तथा ज्योतिषपरम्परा दशौं शताब्दीमा पुगेपछि शिथिल भयो । पछि बल्ल सत्रौं शताब्दीमा पुगेर पाँचौं दलाई लामा “ङावाङ लोब्साङ ग्यासो” को शासनकालदेखि मात्र पून ः राजकीय रुपमा मान्यता पाएको थियो । यसै परम्परालाई वर्तमान दलाई लामा ‘दे ठी यीस्ये साङग्ये ग्यासो’ ले निरन्तरता दिइरहेको छ । तिब्बतीहरुले नववर्ष उत्सव र धार्मिक कर्मकाण्डहरुले यही तिब्बती चन्द्रपात्रोकै आधारम ागर्ने गरिन्छ । सोनाम ल्होछार वा ग्याल्बु लोसार एउटै भएर पनि भिन्नता किन ? तिब्बती चन्द्रपात्रो र ग्रगोरियन पश्चिमी पात्रो र भारतीय पात्रोमा सामान्य भिन्नता छ । त्यो भिन्नता भनेको तिब्बती पात्रोमा जम्मा वर्षभरिमा ३६० दिनमात्र हुन्छ । तिब्बती ‘लोसार’ नेपालमा प्रत्येक वर्ष चन्द्र महिनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाको दिन पर्दछ । तर प्रत्येक तीन वर्षमा एक पटक तिब्बती ‘लोसार’ को त्यो दिन माघ शुक्ल पक्ष प्रतिपदाको दिन एकै दिनमा नै पर्ने गर्दछ । किनभने तिब्बती पात्रोमा लोप हुने चन्द्र दिन र वृद्धि हुने चन्द्र दिन अर्थात् तिथि नेपाल, भारतलगायत अन्य समुदायहरुमा प्रचलित परम्पराभन्दा भिन्दै छ । त्यसै गरी चन्द्रमासको आधारमा निर्धारण गरिने अधिकमास वर्ष ९(Lunar Leap Year) हामी कहाँ भन्दा एक वर्ष पछि मात्र हुन्छ । यही अन्तरले चिनिया तथा नेपालका तामाङ्ग ह्योल्मो जातिहरुले मनाउने ल्होछारको परम्मरा, प्रकृति, स्वरुप र ऐतिहासिक मूल्य र मान्यता एउटै भएता पनि तिथि र मितिमा अन्तर आएको हो । यो अन्तर तिब्बतमा कालचक्र तन्त्र मुताविकको पात्रो प्रवेश भउदेखि मात्र भएको हो । यो कुरा Tibetan Astronomy Astrology, a bref introduction नामक वर्तमान तिब्बती निर्वासित सरकारको खगोल तथा ज्योतिषशास्त्र विभागद्धारा प्रकाशित पुस्तकको पेज नं. १४ दोस्रो अनुच्छेदमा लेखिएको छ ।) “त्यसकारण तिब्बतीहरुले मान्ने चन्द्र नयाँवर्ष लोसार र अन्य चिनिया परम्परागत चन्द्र नयाँवर्ष ल्होछार परम्रामा भिन्नता देखिएको हो । यही कारणले गर्दा एउटै ऐतिहासिक आधार मूल्य र मान्यता भएको भएतापनि तामाङ्ग, ह्योल्मो, चिनियाहरुले मनाउने र तिब्बती, शेर्पाहरुले मनाउने ल्होछार वा लोसामा भिन्नता हुन गएको हो । यो कुरा स्पष्ट हुनको लागि सन् २००६ र २००७ को तिब्बती (दलाई लामाको सरकारको आधिकारिक पात्रो) र अन्य चीन, भारतीय या नेपालमा प्रचलित चन्द्रपात्रोको अधिकमास वर्षका अन्तरका आधारलाई विश्लेषण गरी हेरेमा स्पष्ट हुनेछ । प्रत्येक अढाई वर्षम चन्द्रपात्रोमा जोडिने चन्द्र अधिकमास वर्ष) तिब्बतमा प्रचलित चन्द्रपात्रो र नेपाल लगायत बाँकी विब्वमा प्रच्लनमा रहेको चन्द्रपात्रोमा एक वर्ष फरक पारी जोड्ने परम्पराले गर्दा एउटै मूल्य मान्यतार उत्पत्ति र इतिहास भएका ल्होछर वा लोसारको फरक –फरक ढङ्गले यसको ऐतिहासिकता, महत्व र विशेषतालाई नै ओझेलमा पर्ने गरि, सोनाम, ग्याल्बु र तोला भन्ने भिन्नता सृजना भएको हो । नेपाली पात्रोको माघ शुक्लपक्ष प्रतिपदा परेवा अर्थात् प्रथमचन्द्र महिनाको प्रथम दिन (१२ जीवहरुको वर्ष चक्रको आधारमा फेरिने) ल्होछारको तिथि प्रत्येक दुई वर्षमा एकपटकसँगै र एकपटक एक महिनाको अघिपछि पर्ने गर्दछ र सन् २००७ मा हाम्रो पात्रोमा अधिकमासकै कारण हाम्रो चन्द्र महिना बढेर १३ महिना र तिब्बतीको १२ मात्र छ । फेरी यसपाली सन् २००८ मा सोनाम र ग्याल्बु भनिएका उनीहरुको र हाम्रो ल्होछार एकैदिन परेको छ र तर २००८ को फेरी तिब्बती पात्रोमा अधिकमास जोडिनाले तिब्बती पात्रो (दोस्रो वा लोथो) मा चन्द्रमहिना १३ भएमो छ । (हेर्नुहोस सन् २००८ को तिब्बती पात्रो) । हाम्रो चन्द्र पात्रोमा भने १२ वटा मात्र छ । चन्द्र महिनामा । त्यसैले ल्होछारको मितिमा पुन ः सन् २००९ मा एक महिनाको फरक परेको छ र सो सन् २००९ लाङ ल्होमा यही पात्रोमा जोडिन अधिकमास भिन्नताको कारण ल्होछार मात्र होइन बुद्धपूर्णिमा बैशाख पूर्णिमा ‘सागादावा’ पनि यसरी नै तिब्बतीहरुको प्रत्येक दुई वर्षमा एकपटक खास बैशाख पूर्णिमाका दिलनमा पर्दछ । अन्य दुई वर्ष तिब्बतीहरुले ल्होछार फागुन शुक्लपक्ष प्रतिपदा र र बुद्धपूर्णिमा (सागादावा– बैशाखपूर्णिमा) जेष्ठ पूर्णिमाका दिन पर्ने गर्दछ । त्यसकारण ल्होछार पनि ग्यल्बु र सोनाम ल्होछार वा लोसार एउटै हो । फरक होइन यो त सन् १०२७ अग्नी खरायो वर्षमा तिब्बतमा पुगेका भारतीय कालचक्र तन्त्र प्रणालीय पात्रो परम्परा (कारची) को कारण भिन्न् भएको तिब्बती पात्रो परम्पराको उपज मात्र हो । होइन भने तामाङ्ग लगायत चिनियामूलका सबैले तत्वीय खगोलशास्त्रलाई विगत पाँच हजार वर्षदेखि निरतर मानिआएको र जीवन्त चलिआएको वर्ष गणना प्रणालीमा आधारित पात्रो परम्परा र नयाँ वर्ष (ल्होछार नै तिब्बती लोसार ल्हो फेरिने दिन हो । यसरी तिब्बती लोसार र चिनिया तथा तामाङ्ग, योल्मोहरुले मनाउँदै आएको लोसार÷ल्होछार प्रत्येक अधिकमासमा एकपटक एउटै तिथिका दिन पर्ने गर्दछ । यदि तिब्बती पात्रोमा थपिने अधिकमास वर्ष (Lunar Leap Year) र बाँकी अन्य प्रचलित पात्रोमा पर्ने अधिकामास वर्ष पात्रोमा जोड्दा एउटै वर्षमा जोड्ने वा अधिमास वर्ष मा एक रुपता आएको भए कथित् ‘सोनाम’ र ‘ग्याल्बो’ ल्होछार भन्ने भ्रम फैलिने थिएन । यसप्रकार तिब्बती तथा अन्य चनद्र परम्पराको भिन्नताका कारण नेपालमा तामाङ्ग तथा ह्याल्मो जातिले मनाउने र तिब्बती, शेर्पा जातिले मनाउने ल्होछार वा लोसारको मितिमा भिन्नता आएको हो । यही मितिले गर्दा एउटै पर्यायवाची नाम सोनाम ल्होछार÷लोसार वा ग्याल्बो लोसार दुई भिन्दै नामले जानिन थालेका हुन् हेर्नुहोस् THE STORY OF :OSAR (New Year) Venerable Salden, Namgyal Monastery (Personal Monastery of H.H the Dalai Lama) "The second day of Losaris known as King's Losar (gyal –po lo –sar) because officially the day is reserved for a secular gathering in the hall of Excellance of Samsara and Nirvana. His Holiness and his government exchange greeting with both monastic and lay dignitaties, such as repwsentatives of Chona, India, Bhutan, Nepal, Mongolia and other foreign visitors." ‘ल्होछार वा लोसार’लाई राजकीय (राष्ट्रिय) पर्वको मान्यताको प्रारम्भ ः ल्होछार मान्ने समुदायहरुको सामाजिक संस्थाहरु सकृयताले जातिय, भाषिक, सांस्कृतिक अधिकारहरुको खोजी र राजकीय मान्यताको मागहरु बढेपछि हिमाली तथा पहाडी समुदायहरुले मान्ने नयाँवर्ष उत्सव अर्थात् “ल्होसार वा लोसार” लाई सार्वजनिक विदा घोषणागरेर सरकारले राष्ट्रिय पर्वको मान्यता दिने क्रम बढ्दै गइरहेका छन् । यसपालि ल्होछारका दिनलाई राष्ट्रिय विदा समेत सरकारले दिइसकेको छ । चन्द्रपात्रो अनुसार तामाङ्ग, ह्योल्मो लगायत आदिवासी÷जनजातिहरुले मानी आएको चन्द्र नयाँ वर्ष ‘ल्होसार’ वा ‘लोसार’ उत्सवलाई नेपाल तामाङ्ग घेदुङ र अन्य ‘ल्होछार’ वा ‘लोसार’ प्रेमी जनजाति संघ संस्थानहरुको आह्वानमा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा २०५१ साल माघ १३ गते देखि प्रत्येक माघ शुक्लपक्ष प्रतिपदा परेवाका दिन (चन्द्र वर्षको चन्द्र महिनाको पहिलो दिनलाई) एक दिन नेपालमा श्री ५ को सरकार मन्त्री परिषद्ले “ल्होछार” मान्ने कर्मचारीहरुलाई मात्र सार्वजनिक विदा दिने निर्णय गरेको कुरा २०५१ माघ १४ गते श्री ५ को सरकार गृह मन्त्रालयले सार्वजनिक गरेको थियो । यसै दिनलाई भारतको सिक्किम राज्य सरकारको सन् १९९८ नबेम्भर १८ तारिखको दिन प्रकाशित गजेट संख्या २६२ मा सूचिकृत गरि राज्यभरि एक दिन सार्वजनिक विदा दिँदै आएको छ । निष्कर्ष ःतामाङ्ग, ह्याल्मो लगायतको आदिवासी÷जनजातिहरुले आफ्नो नयाँवर्ष फेरिने पर्वको रुपमा मान्दै आएको ‘ल्होछार वा लोसार’ चिनिया परम्परामा आधारित चन्द्र नयाँवर्ष र पात्रोसँग मेल खाने ल्होछार परम्परा हो । त्यसकारण कालचक्र पात्रोको, सौर्यमासको कुनै पनि दिन वा गते, पौष १५, या चन्द्रमासकै पूर्णिमाको दिन समवतसर, वर्ष, महिना फेरिने कुरा चनद्रवर्ष परम्परामा अर्थात् चिनिया पौराणिक नयाँवर्ष परम्परामा अर्थात् चिनिया पौराणिक नयाँवर्ष (१२ आध्यात्मिक जीवजन्तुके वर्षचक्र) प्रचलनमा पाइँदैन । ‘ल्होछार’ अथवा ‘लोसार’ नेपालको हिमाली आदिवासी÷जातिहरु तामाङ्ग, ह्योल्मो, गुरुङ्ग, शेर्पाहरुको यो महत्वपूर्ण चाड भिन्नभिन्न समयमा भिन्न नामले (सोनाम, ग्याल्पो, तोला, पुस १५ आदि) मान्नु र फरक फरक हुनुले १२ जीवजन्तुको वर्षचक्र परम्पराको ऐतिहासिकता र इतिहासका बारेमा पूर्ण ज्ञाताहरुो कमी रहेको दशाउँदछ र यो चाड हराउँदो क्रमबाट भर्खर पूनर्जागृत हुन खोज्दैछ भन्ने बुझाउँछ । चिनिया खगोलशास्त्र र तिब्बती खगोलशास्त्र एवं ज्योतिष वा पात्रो भने हामीमा विद्यमान (१) तोला २) सोनाम ल्होछार ३) ग्याल्बो ल्होछारको बारेमा कहीँ कतै वर्णन र व्याख्या गरिएको वा उल्लेख गरिएको पाइँदैन ण्हेर्नुहोस् इन्टरनेटमा इन्साईड चाइनाभित्र चाइनीज न्यूएर बारे र इन्फो तिब्बतअन्तर्गत दलाई लामाको तिब्बती खगोलशास्त्र, ज्योतिष वित्रान र औषधो विज्ञान अन्तर्गत) । तसर्थ यदि १२ जीवजन्तुको वर्षचक्र परम्परा अनुसारको ‘ल्होछार वा लोसार’ (नयाँवर्ष) परम्परा हो, भने त्यो चन्द्र नयाँवर्ष संस्कार र परम्परा नै हो । मंगोलिया, मलेसिया, सिङ्गापुर, चीन आदि देशहरुमा र चिनियामूलका जातिहरु बीच प्रचलनमा भएको ‘ल्होछार वा लोसार’ परम्परा ‘चन्द्र नववर्ष’ परम्परा नै हो ।



सन्दर्भ सामग्रीहरु ः

Cinese Astrology and lunar Calend(http://wwwwlnsidechina.com/culture/festival/newyear)DILLI JANG GURUNG, TAMU (GURUNG)/NEPAL /ENGLISH DICTIONARY – 2053Page294, CHINA'S Lunar Calender and Main holidays/ A practical Chinise Elementry course -1996Professor Jampa G.Dagthon, an Introduction to Tibetan Astro Science. (http//wwwwinfotibet.)5 पशुराम तामाङ्ग, तामाङ्ग जाति र ल्होछार परम्परा, नेपाल तामाङ्ग घेदुङ6 जगमान गुरुङ्ग, सम्पादक, ल्होछारको शुभकामना बाँदर वर्षको ल्होफल (२०४८।९।१५ – २०४९।९।१४)7 नेत्र तमु – पेज नं.१० –११, हाम्रो रोधि वर्ष १, अंक १, २०५७ काठमाडौं TIBETAN ASTRONOMY AND ASTROLOGY – A BRIEF INTRODUCTION MEN –TSEE- KHANG GANGCHEN KYISHONG, DHARMSALA – 176215 DIST. KANGRA (H.P) INDIA8 जगमान गुङ्ग, तमु ल्होछार (गुरुङ्ग नयाँ वष) छहरा साप्ताहिक –पुस, २०५७ HH RISIEY, The GAZETTEER of SIKKIM, 1995, LOW PRICE PUBLICATION9 नेपाल तामाङ्ग घेदुङ छारँहेनदो लहो गीक म्हेनदो सोम –टेल्हो, २०४८10 प्रताप बल, ह्लोछार परम्परा –२०५२, काठमाडौं ज्ञघ। डा. गणेशमान गुरुङ्ग, गुरुङ्ग तमु ल्होछार गुरुङ्ग समाज बारे एक दृष्टिकोण, ज्वाला साप्ताहिक पेज नं.५, २०५५ मंसिर11 डा. दिलबहादुर क्षेत्री, ज्ञानबहादुर कार्की, कृष्ण गुरुङ्ग, ल्होछार पर्व ः संक्षिप्त अध्ययन –पुस, २०५८ ज्ञछ। इन्टरनेटका विभिन्न तिब्बती, चिनिया, तथा चन्द्र नयाँ वर्ष सम्बन्धी लेख तथा सूचनाहरु Tsepak Rigzin, Festival of Tibet, Library of Tibetan Works and Archives, Dharmmashala, 1993.12 नेपाल तामाङ्ग घेदुङ तथा अखिल भारतीय तामाङ्ग बौद्ध संघ, दार्जलिङ्ग र सिक्किम तामाङ्ग बौद्ध संघले प्रकाशित गरेको ल्होछार सम्बन्धी अपिलहरु13 नीमा तेन्जीङ शेर्पा, ल्होसार पर्व एक चिनारी, शेर्पा समाचार पत्र, पे.नं.५, वर्ष ः २ अंक ः २ २०५४ फागुन १५14 नीमा छिरिङ शेर्पा, तिब्बती पन्चाग बुद्धम शरणम् गच्छामी, निबन्ध संग्रह, दार्जलिङ्ग, पे.नं.६६–७२ सन् १९९९ Tai Sherman, Chinese Astrology, Asiapac Books Pet Ltd, Singapure Indian Edition 2001.15 अजितमान तामाङ्ग, चन्द्र नयाँ वर्ष ल्होछार वा लोसार कहिले र कहाँ, फ्याफुल्ला –दार्जलिङ्ग सन् २००२16 लामा वाङदुइ खाम्सुङ, तिब्बतको परम्परागत लोसार पर्व, खाम्सुङ वाङदुइ लामा, २०६२ Yuanjing, CHINISE ZODIAC STORIES, China Pictorial Publishing House, 2007.पाद –टिप्पणी 1 नेत्र तमु हाम्रो रोधि वर्ष –१, अंक –१, पे.नं. १० –११, २०५७, काठमाडौं ।2. Chines Lunar Calender and Main Holidays China's Lunar or Xia calendar which is said to have to existence as early as the Zia Synasty (about 2,100- 1,600 B.C), has been use for several thousand years and is still in common use today. According to the lunar calendar china's main holidays are as follows. The Spring Festival this holiday falls on the first day of the first lunar month. it is the most important festival in China, usually celebreated with great pomp, festing and merry marking ………….(page no, 295, Practical Chineses Reader Elementary course book 1. The COMMERCIAL PRESS, 1996, Beijing)3 हर्नुहोस् –चिनिया खगोशास्त्र र चनद्र पात्रोको विषय इन्टरनेटमा दिएको जानकारी र प्रा. परशुरामको ल्होछार सम्बन्धी पुस्तक ‘तामाङ्ग जाति र ल्होछार परम्परा’ मा पनि उल्लेख गरेका छन् ।4 हेर्नुहोस्– चिनिया चनद्र पात्रो तथा खगोलशास्त्रमा र गुरुङ्ग विद्धान प्रा. जगमान गुरुङ्गले एक जना डोल्पाली लामाको हवाल दिएर २०५७ पुसको छहरा साप्ताहिकमा ल्होछार सम्बन्धी लेखमा पनि लेखेका छन् ।5 TIBETAN ASTRONOMY AND ASTROLOGY – A BRIEF INTRODUCTION MENTSEE- KHANG GANGCHEN KYISHONG, DARMASALA -176215 DIST. KANGRA (H.P) INDIA page 7 -166. TIBETAN ASTRONOMY AND ASTROLOGY – A BRIEF INTRODUCTION MENTSEE –KHANG GANGCHEN KYISHONG, DARMASALA – 176215 DIST. KANGRA (H.P) INDIA

About Bazzu

0 comments: