Hamro Tusal.Com

दक्षिणेस्वोरी युबा क्लब ओझेलमा परेको पुरातात्त्विक शक्तिपिट ६४ औ ज्योतिर्लिङ्ग मध्येको एक ब्रहम्मेश्वारमहादेव मन्दिरको संरक्षणमा



HAMRO TUSAL.COM  बुढानिलकण्ठ नगरपालिका वडा न ५  टुसालको  ३०० मिटर दक्षिणपुर्बी शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज अबस्थित ब्रहम्मेश्वारमहादेव मन्दिर हिन्दु पुरातात्त्विक  धार्मिक स्थल दस्तावोच मेटिन लागिसकेको सम्भाबता मेटिसकेको भन्दा पनि फरक नपर्ला। बस्तुस्थिती बनावटसङ आङ्कलन गर्दा शताब्दीवै अघिदेखिको ब्रहम्मेश्वारमहादेव  मन्दिर पुरातात्त्विक सम्पदाको सुचिमा पक्कै पनि उल्लेखित भएको अनुमान गर्न सकिन्छ। भौगोलिक त्रिबेणि खोलाको सङ्गममा ब्रहम्मेश्वारमहादेव  मन्दिर रहेको छ। कलात्मक रुपमा कुदियाका मुर्ति अनि महादेव ज्योतिर्लिङ्ग देख्दा  लिच्छविकालिन वा त्यो  भन्दा पनि पुरानो हुन सक्ने अनुमान गर्न सकिन्छ। यस मन्दिर मा रहेको पौराणिक मुर्ति,घन्टी साथै कैयो दस्तावेज चोरी भैसकेको छ र  केहि अवशेष  मात्र बाकी रहेको छ। 
केहि वर्ष अघि देखि टुसाल स्थित दक्षिणीस्वारी  युवा क्लबका अध्यक्ष कृष्ण बहादुर तामांग तथा युवा सदस्याहरुद्वारा यस मन्दिर को अवशेष नमिटियोस भन्ने हेतुले संरक्षणमा लागि रहनु भएको छ । पौराणिक धार्मिक स्थलमा बिबाह ,ब्रताबंत तथा कुलसंग आधारित  पुजाआजा गरिदै आएको यस मन्दिरको उचित ब्यबस्थापन तथा संरक्षण भएमा पौराणिक स्थल लोप नहुने बताउनु हुन्छ क्लबका अध्यक्ष । हिन्दु धर्मालम्बी मात्र नभई बौदधर्मलाम्बीहरुमा रहेको तामांग समुदायबाट बोम्बो" लाब्तावा"  झाकी झकाउका साथ बिशेष शक्तिपिट्को रुपमा माघ १ गते पुजा गरिदै आएको छ ।
अत्यन्तै शक्तिशाली स्थल जहाँ धेरै बर्ष अगाडी  यस मन्दिरमा रहेको मुर्ति रुख काट्ने क्रममा मुर्तिमा पनि जान अन्जानमा छ्यति पुराउदा उक्त व्यक्ति केहि दिन पछि अत्यन्तै गम्भीर अबस्थामा पुगेको र महिनौ सम्म पनि शरीर पुरै पाकेर  नाजुक अवस्था मा पुगे पछि क्षमायाचना पुजा गरे पछि मात्र उक्त व्यक्ति सामान्य अबस्थामा फर्केको यहाँका स्थानीय बताउनु हुन्छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र अधिकार भित्र अबस्थित यस अवशेष मात्र बाकी रहेको मन्दिरको संरक्षण ट्रस निर्माण गरि रहदा पनि  बाधा अट्चन यावत त छ दै छ तै पनि लोपुन्मुख  संरक्षणका  लागि नगरपालिका स्थानीय निकायसंग समन्वय  रहदै गर्दा रु एक लाख विनियोजित गरिएको बताउनु हुन्छ। उचित ब्यबस्थापनको लागि संरचना तयार गर्नु पर्ने अबस्थामा पर्याप्त बजेट योजनाको खाचो रहेको साथै स्रोत सधान मन्दिर जगेर्णको लागि स्थानीय निकाय नगरपालिकामा पहल जारी रहने बताउनु हुन्छ। पौराणिक धार्मिक स्थलहरुको संरचन जागेर्ण व्यक्ति समुदाय मात्र नभई निकायको पनि नजर जानु जरुरि देखिन्छ।

ओझेलमा परेको शक्तिपिट ब्रहम्मेश्वारमहादेव  मन्दिर धार्मिक स्थल मात्रै नभई हिन्दु तथा बौदधर्मलाम्बीहरुको धार्मिक भावनात्मक एकताको प्रतिक हो । दक्षिणीस्वरी युवा क्लबका अध्यक्ष कृष्ण बहादुर तामांग तथा युवा सदस्याहरुद्वारा  ट्रस निर्माण प्रक्रिया सुरुको चरणमा रहेको छ । यस्तै ओझेलमा परेको मठ, मन्दिर, गुम्बा जगेर्ण  तथा  उजागर गर्ने अभियानमा पक्कै पनि सबैको साथ सहयोग रहोस हाम्रो शुभेक्च्या सहित HAMRO TUSAL.COM

About Bazzu