समुदाय प्रहरी साझेदारी अन्तर्गत आज सामुदायिक प्रहरी सेवा केन्द्र बूढानीलकण्ठ को आयोजनामा महानगरिय प्रहरी वृत महाराजगंज, महानगरिय प्रहरी प्रभाग बूढानीलकण्ठ र बूढानीलकण्ठ नगरपालिका वडा नं-५ को सकृयतामा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा अबस्थित डाडागाउमा गाजा फडानी कार्य सम्पन्न भएको छ।
सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बूढानीलकण्ठ, महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक महानगरीय प्रहरी वृत महाराजगंजका प्रहरी नायब उपरीक्षक , बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा
अध्यक्ष विजय तामाङ , चिसेनी युथ क्लब साथै स्थानीयहरुको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विजय तामाङ भन्नुहुन्छ ” जथाभावी आफ्नो घर आगन र छरछिमेक वरिपरी यसरि रहेको गाजा ब्यबस्थित नगर्दा युवा पुस्तामा नकारात्मक असर पर्ने र समुदायमा पनि बिकृति विसंगति फैलने हुनाले यस कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा उपस्थित साथै प्रतक्ष्य तथा अप्रत्यक्ष तबरले सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यबाद दिदै गाजा र गाजाजन्य पदार्थ मात्र नभई आगामी दिनहरुमा आफ्नो समुदाय र वडालाइ एक नमुना वडा बनाउने प्रतिबद्दता जनाउनु भयो। “

साथै आजै यस वडाले सामाजिक सुरक्षा भत्ता समेत वितरण गरेको छ।